• ९ मंसिर २०८१, आइतबार

गजल

blog

हुँदा कसैको अन्त्यमा कसैको आदिमा हुन्छ,

भलो कसैको भक्तिमा कसैको शक्तिमा हुन्छ ।


‘भैगो, जिन्दगी बाँच्दिनँ’ भन्नेले नबुझेका हुन्,

पहिलो पन्ध्रमा औँसी, दोस्रोमा पूर्णिमा हुन्छ ।


सौन्दर्य सोधेर गयौ, भनूँला भनेको थिएँ–

बगैँचाको सजावट, मौरी पुतलीमा हुन्छ ।


दोबाटोमा बाटो भुलेँ, दायाँ हो कि बायाँतिर;

एक्लै हुँदा अल्मलिँदा, भरोसा राशिमा हुन्छ ।


भ्यागुताको  दम्भलाई,  माछाको चुनौती थियो,

भाइ, माछा त माछै हो ! दुनियाँ पानीमा हुन्छ !