दुईवटैलाई जोडेर एउटै ‘मुनामदन’ पारौँ
वि.सं. १९९२ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्य लेखेर नेपाली साहित्यलाई धन्य तुल्याए र आफूलाई पनि अमर बनाए । ठीक त्यसको ५२ वर्षपछि अर्थात् २०४४ सालमा जननीप्रसाद रिजालले विराटनगरबाट त्यस्तै शिल्प र शैलीमा त्यत्रै ‘मुना र मदन’ लेखेर लोकलाई प्रदान गरे । त्यसबेला रिजालको मुना र मदनले लोकमा खासै प्रभाव पारेजस्तो लागेन । किनभने म २०२३ सालदेखि निरन्तर