• ८ वैशाख २०८१, शनिबार

गजल

blog

हाम्रा हजुरका खिलाफ कोही नआउनू ।

मर्जी जे हुन्छ होस्, केही बात नलाउनू ।

रैती, कमैया, नोकर, बाँधा, गाई–गोठालो,

हुन्छ मञ्जुर छ मलाई जे–जे बनाउनू ।


लाखे, पुतली, नटुवा, झुम्रा वा मारुनी,

बन्न तयारी छु हजुर हुन्छ नचाउनू ।


कोशी, अक्करे, पहरो, मरु हो या चुचुरो, 

सारा कुल्चेर हिन्छु हजुर हुकुम बताउनू ।