वास्तवमा पत्रकारिता र साहित्यबीचको सम्बन्ध अन्योन्याश्रित रहेको छ । पत्रकारिताका माध्यमबाट नै साहित्यिक सिर्जनाहरू पाठकसमक्ष पुग्छन् भने साहित्यिक रचनाहरूले पत्रकारितालाई अघि बढाउन सहयोग पु-याउने यथार्थलाई हामी सबैले बुझेकै छौँ । यी दुईबीचको सम्बन्ध हेर्न हामीले इतिहासतिर नियाल्नुपर्ने हुन्छ ।
नेपालमा पत्रकारिताको इतिहास काठमाडौँबाट मासिक पत्रिकाका रूपमा सुधासागरको प्रकाशनसँगै सुरु भएको देखिन्छ । तर पत्रकारिता सुरु हुनुअघि यसका लागि आधारभूत केही कुरा आवश्यक पर्छन् र ती आधारभूत कुराको उपलब्धतापछि मात्र पत्रकारितालाई अघि बढाउन सकिन्छ । यसरी हेर्दा पहिलो कुरा त शैक्षिक चेतना र दोस्रो कुरा, मुद्रण प्रविधिको उपलब्धता नै हो । पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतको भ्रमण गरेर फर्कने क्रममा वि.सं. १९०८ मा आपूmसँगै एउटा हाते पे्रस ल्याएका थिए, जुन नेपालको इतिहासमा ‘गिद्धे पे्रस’को नामबाट चर्चित छ । यही पे्रस नै नेपालको पहिलो छापाखाना हो र यहीँबाटै नेपालमा मुद्रण प्रविधि भित्रिएको हो । यसपछि क्रमशः मनोरञ्जन पे्रस, नारायणहिटी छापाखाना, पाशुपत पे्रस, ढोकाटोल पे्रस, नारायण पे्रस आदि छापाखाना क्रमशः स्थापना भएका देखिन्छन् । यस प्रकार मुद्रण प्रविधि भित्रिएसँगै नेपालमा पत्रकारिता प्रारम्भ भएको र पत्रकारितामार्पmत साहित्यिक सिर्जनाहरू पाठकसमक्ष पुग्ने गरेको इतिहास रहेको छ ।
नेपालमा छापा पत्रकारितालाई दुई भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ : पहिलो, समाचार पत्रकारिता र दोस्रो, साहित्यिक पत्रकारिता । यी दुईमध्ये साहित्यिक पत्रकारिताको उद्देश्य नै साहित्यिक सिर्जनाहरूलाई पाठकसमक्ष पु-याउनु हो भने समाचार पत्रकारिताको उद्देश्य साहित्यिक सिर्जनाहरूभन्दा पनि समाचारलाई पाठकसमक्ष पु¥याएर सुसूचित गर्नु हो । त्यस हिसाबले दुवैको उद्देश्य नै फरक रहेका छन् । त्यसैले उद्देश्य नै फरक भएकाले साहित्यिक रचनाको प्रस्तुतिका दृष्टिकोणले साहित्यिक पत्रकारिताले साहित्यको विकास, विस्तार र प्रवर्धनमा पु-याएको वा पु-याउँदै आएको योगदानको तुलनामा समाचार पत्रकारिताले साहित्यिक क्षेत्रमा पु-याएको वा पु-याउन सक्ने योगदान कम हुनु स्वाभाविकै हो ।
समाचार पत्रकारिता
वास्तवमा समाचार पत्रकारिताको उद्देश्य भनेको सर्वसाधारणलाई देशविदेशका समाचार, जानकारी, सूचनाहरू दिनु नै हो । तर त्यससँगसँगै साहित्यका विभिन्न विधाका रचनाहरू समय–समयमा दिएर समाचारपत्रहरूले पनि साहित्यको उत्थानमा योगदान गरेको देखिन्छ । यसक्रममा नामै लिनुपर्दा गोरखापत्रको योगदान यस दृष्टिले उल्लेखनीय, उदाहरणीय र ऐतिहासिक छ भन्दा अत्युक्ति हुँदैन । वि.सं. १९५८ वैशाख २४ गते साप्ताहिक प्रकाशनका रूपमा गोर्खापत्रको प्रकाशन प्रारम्भ भएको थियो । पछि साताको दुई पटक, चार पटक हुँदै यो पत्रिका नेपालकै पहिलो दैनिक समाचारपत्रका रूपमा विकसित र विस्तारित भई आजसम्म यथावत् रूपमा प्रकाशित हुँदै आएको छ । यस हिसाबले यसको आयु १२२ वर्ष पुगेको छ । यो आपैmँमा एक ‘रेकर्ड’ हो । गोरखापत्रले नेपाली साहित्यका विभिन्न विधामा दिएको योगदान अत्यन्त उल्लेखनीय रहेको छ । वास्तवमा भन्ने हो भने नेपाली साहित्यका कतिपय विधाको प्रारम्भकालीन रचनाहरू गोरखापत्रमै प्रकाशित भएको देखिन्छ । गोरखापत्रको विधागत योगदानलाई हेर्न सकिन्छ :
निबन्ध
गोरखापत्रको प्रकाशन सुरु भएपछि पत्रिकालाई फुटकर रचनाको आवश्यकता पर्नु स्वाभाविक थियो । त्यसै क्रममा पत्रिकाको आवश्यकतालाई परिपूर्ति गर्ने क्रममा विभिन्न लेखकका निबन्धात्मक रचनाहरू यस पत्रिकामा प्रकाशित भएका पाइन्छन् । वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठका अनुसार पनि मौलिक नेपाली निबन्धको परम्परा गोरखापत्रबाटै सुरु भएको हो । (श्रेष्ठ, २०५६ :१२३) तर त्यतिबेला छापिएका धेरै रचनाहरूमा रचनाकारको नाम भने देखिँदैनन् । त्यसबेला गोरखापत्रका प्रकाशित केही बेनामी निबन्धहरूका शीर्षक यस्ता छन् : अघि मूर्ख पछि बुद्धिमान् (१९५९), नैराश्य परमं सुखम् (१९५९), कृषि वृत्तान्त (१९५९), हिन्दुस्थान सुवीवरहरूको इतिहास (१९६०), वसन्तवर्णनम् (१९६१), शिक्षोपदेश (१९६६), निद्रा (१९६६), मातृभाषाको उन्नति (१९६६), बोलीको संस्कार (१९६६), श्रीवसन्तपञ्चमी (१९६६), दूधको गुण–अवगुण (१९६७), दुःख र सुख (१९६७), धन र त्यसको उपयोग (१९६७), व्यापार (१९६७), मासु (१९६७), कर्महेतु (१९६८), भलाइ (१९६८), विज्ञापनशिल्प (१९७०), बफादारी (१९७०), शिशुशिक्षा (१९७०), मनको नाप (१९६०) र हावा (१९७३) । गोरखापत्रमा समय, प्रभात, हरदम याद राख्नुपर्ने कुरा, कर्तव्य, मितव्यय र कविताको फल शीर्षकका निबन्धहरू बेनामी छापिएका भए पनि ती निबन्धहरू शम्भुप्रसाद ढुङ्गेलको भएको र ती वि.संं १९७६ मा छापिएको उनीबारे विशेष खोज अनुसन्धान गर्ने घटराज भट्टराईको ठहर देखिन्छ । बालकृष्ण सम (१९५९–२०३८) को भाषा शीर्षकको निबन्ध पनि गोरखापत्र (१९९८) मै प्रकाशित भएको थियो । गोरखापत्रले यात्रानिबन्धतर्पm पनि योगदान गरेको पाइन्छ । वि.सं. १९७३ तिरै जापानको अपूर्व स्वागत र काश्मीरयात्रा शीर्षकका दुई यात्रावर्णन गोरखापत्रमा प्रकाशित भएका थिए । तर तिनमा लेखकको नाम भने उल्लेख छैनन् ।
कथा
गोरखापत्रले नेपाली कथाको विकासमा पु-याएको योगदान पनि कम छैन । वि.सं. १९५८ देखि १९९० बीचको समयमा यस पत्रिकामा लामा छोटा गरी थुपै्र कथा प्रकाशित भएको अनुसन्धानले देखाएको छ । त्यस्ता कथाहरूमा प्राचीन प्रपञ्च (१९६२), यमपञ्चक प्रपञ्च (१९६३), स्फटिकचन्द्र (१९६५), प्रत्यागमन (१९६७), माला (१९६८), दालिमा (१९६८), भाग्यवती (१९६८), सज्जनसिंह (१९६८), सुकुलगुन्डाको कहानी (१९६९), काला पहाड (१९६९), हिराको औँठी (१९७०), मानभञ्जन (१९७०), अशिक्षिता जानकी (१९७२), हरायाको औँठी (१९७२), कृतघ्न सुरेश (१९७२), हृदयपरीक्षा (१९७२), बूढाको विवाह (१९८४), संस्कार र सङ्गत (१९७४), उपदेशको अनौठो फल (१९७७) र आदर्श पतिपत्नी (१९७८) लगायत थुप्रै्र कथाहरू प्रकाशित भएका छन् । सामाजिक नीतिचेतनाले युक्त यी कथाहरूमा समाजका विकृति र विसङ्गतिको चित्रण गर्दै आदर्श समाजको निर्माणका लागि बाटो देखाइएको छ । यसका अतिरिक्त गोरखापत्रमा सामाजिक, धार्मिक–पौराणिक, मनोरञ्जनात्मक कथाहरू पनि प्रशस्त प्रकाशित भएको पाइन्छ । (श्रेष्ठ, २०७६ : ७४२)
उपन्यास
वि.सं. १९९० सम्मको अवधिमा गोरखापत्रमा एघारवटा उपन्यास धारावाहिक रूपमा छापिएको देखिन्छ । मनोरञ्जन र शिक्षाप्रद ती उपन्यासहरूले नेपाली भाषामा उपन्यास लेखनका लागि महìवपूर्ण आधारशिला खडा गरिदिएको देखिन्छ । त्यस्ता उपन्यासहरूमा कथा, वीर मालोजी भोसले, नरदेव, नौलाखा हार, कर्मको गति, माया नाम्नी नदीका तीरको कायापुरजस्ता उपन्यास उल्लेखनीय रहेको डा. चन्द्रमान श्रेष्ठको विश्लेषण छ (श्रेष्ठ, २०७६ :७९९) । यसैगरी गोरखापत्रमा कविता, नाटक, जीवनी र अन्य विविध विषयक रचना पनि प्रशस्त छापिएका छन् ।
गोरखापत्रबाहेक त्यसबेला नेपालभित्रबाट अन्य समाचारपत्र निस्कन सक्ने वातावरण नै थिएन । नेपालबाहिर दार्जिलिङबाट भने गोर्खे खबर कागजको मासिक समाचार पत्रिकाको प्रकाशन वि.सं. १९५८ मै सुरु भएको पाइन्छ । क्रिस्चियन मिसिनरीबाट इसाई धर्मको प्रचारहेतु सुरु गरिएको भए पनि यस पत्रिकाले नेपाली भाषा र साहित्यको विकास एवं विस्तारमा भने धेरथोर योगदान दिएको तथ्यलाई नकार्न सकिँदैन । विशेषतः वि.सं. २००७ भन्दा अघिको कालखण्डमा प्रमुख रूपमा गोरखापत्रले नेपाली भाषा साहित्यको विकासमा पु-याएको योगदान अविस्मरणीय रहेको छ भन्दा अत्युक्ति हुँदैन ।
वि.संं २००७ को राजनीतिक परिवर्तनपछि भने देशमा खुकुलो वातावरण आएको र त्यसको प्रभाव सबै क्षेत्रमा परेको देखिन्छ । यसै परिपे्रक्ष्यमा समाचारपत्रिकाहरूको सङ्ख्या क्रमशः बढ्दै गएको र ती पत्रिकाहरूले पनि केही साहित्यिक रचनाहरू प्रकाशन गर्ने गरेको तथ्यलाई पनि हामीले बिर्सनु हुँदैन । विशेषगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि भने ब्रोडसिट आकारका दैनिक पत्रिकाहरूको प्रकाशन उल्लेख्य रूपमा हुन थालेको देखिन्छ । कान्तिपुर, आजको समाचारपत्र (पछि नेपाल समाचारपत्र), नागरिक, अन्नपूर्ण पोस्ट आदि दैनिक पत्रिकाहरूले साताको एक दिन शनिबार साहित्यिक सामग्रीहरू प्रस्तुत गर्दै आएका छन् ।
त्यस्ता सामग्रीहरूको आफ्नै किसिमको विशिष्ट महìव रहेको छ । विचारको विविधतासहित छापिने त्यस्ता सामग्रीहरूले नेपाली साहित्यलाई बदलिँदो परिवेशअनुरूप नै विविधता प्रदान गर्ने कार्यमा योगदान पु¥याएको छ । यी सबैको योगदानका बारेमा छुट्टै विशेष अध्ययन र अनुसन्धानको खाँचो भने देखिएको छ ।
सन्दर्भसामग्री
नेपाल, किशोर (२०५५), नेपाली पत्रकारिताको विकासक्रम (अनुसन्धान), काठमाडौँ : पे्रस काउन्सिल नेपाल ।
श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज (२०५६), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, ललितपुर : साझा प्रकाशन, पाँचौँ संस्करण ।
श्रेष्ठ, चन्द्रमान (२०७६), माध्यमिककालीन नेपाली गद्याख्यान (लेख), जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, दोस्रो ठेली, ललितपुर : कमलमणि प्रकाशन ।