आर्थिक तथा सामाजिक विकास आर्थिक उदारीकरणबाट सम्भव
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका र योगदान विस्तार गर्न लगानीकर्ताका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सङ्क्रान्तिदेखि मन्त्रालय कागजरहित हुने
सहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएसँगै मन्त्रालय अन्तर्गतका सरकारी कामकारबाही कागजरहित (पेपरलेस) हुने सो मन्त्रालयले जनाएको छ ।
अनधिकृत व्यक्ति स्पेन पुगेकोबारे अनुसन्धान सुरु
संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) कार्यक्रमको स्पेनमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा अनधिकृत व्यक्ति पुर्याइएको शङ्काबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
दस पालिका बालश्रममुक्त
नेपालमा हालसम्म १० वटा पालिका बालश्रममुक्त घोषणा भएको जानकारी गराइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको ‘बालश्रम निवारण प्रतिवेदन–२०८२’ कायक्रममा बालश्रममुक्त स्थानीय तह कार्यविधि–२०७७ बमोजिम देशभरका ७५३ पालिकामध्ये हालसम्म १० वटा बालश्रममुक्त पालिका घोषणा भएको जानकारी गराइएको हो ।
मौरीको पनि कृत्रिम गर्भाधान
मानिस, गाई, भैँसी जस्ता जनावरमा जस्तै मौरीमा पनि कृत्रिम गर्भाधान गर्ने प्रविधि नेपालमा सफल भएको छ । लामो समयको अध्ययन र प्रयासपछि चितवनको भन्डारामा रहेको मौरीपालन विकास केन्द्रले मौरीको नश्ल सुधार्दै कृत्रिम प्रजननमार्फत ‘रानी’ उत्पादन सुरु गरेको छ ।
कर्मचारीतन्त्रमा संरचनागत सुधारको खोजी
राष्ट्रिय सभाका सदस्यले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती विधेयक, २०८० ले कर्मचारीतन्त्रमा संरचनागत सुधार ल्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले ‘ब्युरोक्रेसी’ मा अझै राणाकालीन आचरण र व्यवहार कायम रहेको भन्दै संरचनागत सुधारमा जोड दिनुभयो ।
प्रतिनिधि सभामा गणपूरक सङ्ख्या पुगेन
गणपूरक सङ्ख्या अपुग भएपछि पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक संशोधनका लागि स्वीकृत गर्ने कार्यसूची रोकिएको छ ।
मधेशमा मनसुन सक्रिय
खडेरीले आक्रान्त रहेको नेपालको मधेश प्रदेशमा लामो समयपछि वर्षा सुरु भएको छ । मधेश नेपालको अन्न भण्डार र खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने प्रमुख क्षेत्र मानिन्छ ।
मेलम्ची बाढीको पीडा : वारिपारि हेर्दै चित्त बुझाउँदै
विसं २०७८ असारमा आएको बाढीले थिलथिलो बनाएको मेलम्ची बजार र आसपास बस्तीका बासिन्दा अझै भयरहित बाँच्न सकेका छैनन् । डरलाग्दो बाढीको विपत्बाट उठ्न खोज्दै गर्दा हरेक वर्ष मनसुनी बाढीले उनीहरूलाई तर्साइरहन्छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेपछि घटेको मूल्य समायोजन हुने निगमको भनाइ छ ।
पहिरोले पुरिएर दुई जनाको ज्यान गयो
जिल्लामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वाडनम्वर १० तल्लोपाकु बस्ने वर्ष ६६ को गोबिन्द बुढामगर र उहाँका श्रीमती वर्ष ६७ को श्यामकला बुढामगरको पहिरोले पुरिएर मंगलवार मृत्यु भएको हो ।
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि
विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औँ सभा : एक अर्ब ६८ करोड बजेट स्वीकृत
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६८ करोड ९३ लाखको बजेट स्वीकृत गरेको छ।
वैकल्पिक विकास वित्त परिचालन विधेयक स्वीकृत
प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ स्वीकृत गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
‘प्लास्टिक सर्जरी विलासिता होइन, अत्यावश्यक उपचार हो’
प्लास्टिक सर्जरी सौन्दर्य बढाउन मात्र प्रयोग गरिन्छ भन्ने गलत बुझाइले गर्दा सरकारको प्राथमिकतामा पर्न नसकेको प्लास्टिक सर्जनको गुनासो छ ।
'समाधानमुखी पत्रकारिता आजको आवश्यकता'
प्रेस काउन्सिल नेपालले मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन डेक्स मिडियाकर्मीसँग समाधानमुखी पत्रकारिता विषयक एक दिने कार्यशाला गोष्ठी गरेको छ ।
साँझपख कालभैरव
कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरब हो । पूर्णकदको कालभैरवको मूर्ति मल्लकालीन समयमा काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन भेटिएको र पछि हनुमानढोका परिसरमा स्थापना गरिएको मान्यता छ ।
अज्ञात समूहद्वारा घरमा आगजनी
हिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका–४ लिब्रु स्थित अंगबहादुर शाहीको घरमा सोमबार दिउँसो अज्ञात समूहले आगजनी गरेको छ ।
पूर्वाधार विकासमा वैकल्पिक वित्त परिचालन जरुरी छ : पूर्वअर्थमन्त्री पुन
पूर्वअर्थमन्त्री वर्षमान पुनले ठूला पूर्वाधार विकासका लागि वैकल्पिक वित्त परिचालन जरुरी रहेको बताउनुभएको छ।
३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा
आर्थिक वर्षको अन्त्यमा पनि शैक्षिक अनुदान निकाशा नभएपछि गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिनुभएको छ ।
भेरीमा रक्तसंचार सेवा संचालन सम्बन्धी सम्झौता
भेरी अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाबिच रक्तसंचार सेवा संचालन सम्बन्धी सम्झौता भएको छ।
ठुला पूर्वधार निर्माणमा वैकल्पिक वित्त परिचालन हुन्छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठुला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताउनु भएको छ।
सुशासन कायम गर्न कुलिङ पिरियड : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताउनुभएको छ । राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।