इरान-अमेरिका ओमान वार्ता तयारी
घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका शुक्रबार ओमानमा वार्ता गर्न तयारी अवस्थामा पुगेका छन् ।
खोला गड्तीरमा दैनिक पाक्छ खुदो र सखर
पाँचथरको हिलिहाङ र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर बग्ने हेंवा खोला गड्तीरका किसानलाई हिजो हाज उखु काट्ने, धोइ पखाली गर्ने र त्यसपछि खुदो र सखर बनाउने चटारो छ ।
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ ।
मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ ।
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताउनुभएकाे छ ।
दलको घोषणापत्रमा बाल स्वास्थ्य र अधिकार समेट्न नेपासको आह्वान
नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी निर्वाचन २०८२ मा जारी गर्ने सबै राजनीति दलको घोषणापत्रमा बाल स्वास्थ्य र बाल अधिकार समावेश गर्न आह्वान गरेको छ ।
राष्ट्रिय सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
राष्ट्रिय सभाको आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी
पोखरामा बर्सेनि आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फुटबलमा तस्बिर प्रदर्शनी गरिएको छ ।
निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण : आयुक्त ज.ब.रा.
निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा. ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
स्वास्थ्य बिमाको दायित्व बजेटभन्दा दोब्बर बढी, स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौधरीसहित ९ जनालाई सोधपुछको लागि उपस्थित हुन पत्राचार
सप्तरीको क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरी सहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले सोधपुछको लागि शुक्रवार उपस्थित हुन पत्राचार गरेको छ ।
दाजुभाइको भारतको कोइलाखानीमा मृत्यु
जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । वराहपोखरी गाउँपालिका –१ बराहपोखरीस्थित सालघारी भञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगरका तीन जना छोरामध्ये जेठो र माइलो छोराको बिहीबार भारतको कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएको हो ।
इलाका प्रशासनको भवन निर्माण सम्पन्न
इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी बनाइएको इलाका प्रशासन कार्यालय मङ्गलबारेको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।
बैतडी बस दुर्घटनाः सभापति थापाद्वारा दुःख व्यक्त, घाइतेकोे उचित उपचारका लागि सरकारसँग आग्रह
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभयो ।
कञ्चनपुर–२ मा ठुला दलका लागि जित चुनौतीपूर्ण
प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी हुन ठुला दलका उम्मेदवारलाई सकस पर्ने देखिएको छ ।
गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।
छुट्टै खाता खोल्न पत्राचार
निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारहरूलाई छुट्टै बैँक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय सल्यानले पत्राचार गरेको छ ।
इजाजतप्राप्त हतियार सङ्कलन सुस्त, निर्वाचन सुरक्षामा चुनौती
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा महोत्तरी जिल्लामा इजाजतप्राप्त हातहतियार सङ्कलन प्रभावकारी हुन नसक्दा चुनावी सुरक्षामाथि प्रश्न उठ्न थालेको छ ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७१० कायम भएको छ ।
धनकुटामा विद्यालय केन्द्रित एचपिभी खोप अभियान सञ्चालन हुने
धनकुटामा माघ २७ देखि २९ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले विद्यालय केन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता र दिगोपनसम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी दिएको हो ।
मुख्य दलका उम्मेदवार भोट माग्न गाउँगाउँमा
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि सिन्धुपाल्चोकको दुई निर्वाचन क्षेत्रमा मुख्य दल र स्वतन्त्रसहितका ३६ जना उम्मेदवारहरु गाउँगाउँमा मत माग्न पुग्न थालेका छन् ।
सप्तरीमा नौ हजार ७८९ किशोरीलाई एचपिभी खोप दिइने
सप्तरीमा ९ हजार ७ सय ८९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप दिइने भएको छ ।