एक लिटर दुधमा पाँच रुपियाँ अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको छ । यहाँको भिरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १३० लिटरको छ लाख ६० हजार ६५० रुपियाँ र आँधीखोला कृषि उद्यम सहकारी सस्थालाई ६९ हजार ७२० लिटर दुधको तीन लाख ४८ हजार छसय रुपियाँ गरी नौ लाख ९९ हजार २५० रुपियाँ अनुदान दिएको हो ।
स्वास्थ्य बिमा बोर्डको निर्णय सच्याउन कोशी अस्पतालका कर्मचारीको ज्ञापनपत्र
स्वास्थ्य बिमा बोर्डले सङ्घीय सरकार अन्तर्गत रहेको विराटनगरस्थित कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने निर्णय गरेपछि कोशी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
'मैले चुनौतीसँग नै मित्रता गाँसेँ'
मणिराज पौडेलको जन्म २०२९ साल असोज ४ गते एक जजमानी परिवारमा भयो । साविक काठमाडौँ डाँचे तथा हाल कागेश्वरी मनोहरा नगरपालिकामा जन्मनुभएका उहाँको जीवन सङ्घर्ष सामान्यभन्दा फरक छ ।
पेस्तोल देखाएर नगद र आइफोन लुटपाट गर्ने भारतीय नागरिक पक्राउ
नेपाल–भारत खुला सीमाबाट हुने अपराधजन्य गतिविधि फेरि एक पटक सुरक्षाका दृष्टिकोणले गम्भीर चिन्ताको विषय बनेको छ । हालै मात्र धनुषा प्रहरीले सीमापारिबाट नेपालमा प्रवेश गरी लुटपाट गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँमा थप १२ वटा विद्युतीय बस सेवा सुरु
महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्नुहुँदै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताउनुभयो ।
चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख
चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ र८३ का लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का २९ निर्णय
नेपाल सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गर्नुभएको छ । उहाँले असार २३ गते र असार ३० गते गरेका २९ वटा मन्त्रीपरिषद्को निर्णय एकै पटक सार्वजनिक गर्नुभएको हो ।
पेस्तोलसहित दुई युवा पक्राउ
मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले जापनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिनेश मण्डल र हरिकुमार महतो रहेको प्रहरीले जानकारी दिएको छ ।
मादीनदी पुलको काम अन्तिम चरणमा
मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ ।
भोर्लेटार बजार
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ स्थित भोर्लेटार बजार ।
रामधुनी मन्दिर जाने सडक कालोपत्रे गरिँदै
रामधुनी मन्दिर जाने सड्क जीर्ण बन्दै गएपछि सडक पुनः कालोपत्रे गर्न थालिएको छ । रामको पाउ स्पर्श भएको मन्दिर क्षेत्रमा जाने सडक बिग्रिएपछि सडक कालोपत्रे गर्न थालिएको रामधुनी नगरपालिकाले जनाएको छ ।
दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला
पछिल्लो तीन दिनमा भारतको राजधानी दिल्लीका करिब दश वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी आएकाले पठनपाठन अस्थायी रूपमा बन्द गरेको प्रहरीले जनाएको छ ।
जैमिनीमा नागरिक स्वास्थ्य उपचार कोष
दक्षिण बागलुङको जैमिनी नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारमा सहायता पुर्याउने उद्येश्यले एक अर्बको ‘नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्ने भएको छ ।
पहिरोमा वृद्धाको मृत्यु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको गाडपारमा पहिरोमा परी वृद्धाको मृत्यु भएको छ । बुधबार विहान ११ः३० बजेको समयमा वस्ती पछाडिको भिरबाट खसेको पहिरो घरमा खसेपछि स्थानीय ७२ बर्षिया सीता फगामीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
बीपी राजमार्गमा सडक पेटी निर्माण
बीपी राजमार्गमा सवारी चाप बढेसँगै पैदलयात्री हिँड्डुल गर्नका लागि सडक पेटी निर्माण गरिएको छ ।
ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ
ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ ।
हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान
‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ६० औँ शृङ्खलामा पोखरा महानगरपालिका–२२ स्थित कालाबाङ घरेडी बुद्धपार्कलगायतका क्षेत्र समेटेको छ ।
भारतबाट १५ तोला सुन र आठ लाख लुटेर फर्किएका ६ जना पक्राउ
भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ जना नेपाली बाँकेको कोहलपुरमा पक्राउ परेका छन् । पक्राउ परेका सबै कालिकोटका वासिन्दा हुन् ।
पर्यटकको मनै लोभ्याउने ‘बुकीपाटन’
हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिकजसो पर्यटक पदयात्रा गर्दै पहाततर्फ उक्लिरहेका देखिन्छन् ।
सङ्खुवासभामा ३२ प्रतिशत मात्रै रोपाइँ
पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा रोपाइँले गति लिन सकेको छैन । असारको अन्तिमसम्म आइपुग्दा जिल्लामा जम्मा ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ ।
विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले लिए सेवा
धादिङमा भएको निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविरमा चार सय एक जनाले सेवा लिएका छन् । गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको शिविरमा चार सय एक जनाले सेवा लिएका हुन् ।
'अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ'
राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनुभएको छ ।
तरकारी जोन अन्तर्गत सय टनेल
मल्लरानी गाउँपालिका –५ सरङकोटका मुकुन्द मल्लले आफ्नो बारीमा तरकारी खेतीका लागि प्लास्टिक टनेल बनाउनुभएको छ । साथमा मल्चिङ र थापो सिँचाइ प्रविधि पनि जडान गर्नुभएको छ ।
लिगलिगकोटमा राष्ट्रिय झण्डा
गोरखाको पालुङटार नगरपालिका-२ लिगलिगकोटमा ६० फिट अग्लो फलामे खम्बामा ४० फिट उचाइको नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।