इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीद्वारा दायर मुद्दा खारेज
युरोपेली संसदको निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले ज्याँ मेरी ले पेनका उत्तराधिकारीले दायर गरेको अपिल बुधबार खारेज गरिदिएको छ ।
पाँच करोडको अवैध सामान बरामद
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले छ महिनामा करिब पाँच करोड बराबरको भन्सार राजस्व छलेर भित्र्याइएको अवैध सामान बरामद गरेको छ।
दक्षिण कोरियाको निर्यात मात्रा लगातार बढ्दै
दक्षिण कोरियाको निर्यात मात्रा जून महिनामा लगातार पाँचौँ महिनासम्म बढेको छ, जुन विश्वव्यापी रूपमा विद्युतीय सामग्रीको बलियो मागका कारण भएको हो ।
'भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ'
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत
नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ।
स्वास्थ्य बिमा लिन नागरिक बञ्चित नहुने, केन्द्रीय सरकारी अस्पतालमा कायमै
स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरूमा प्रथम विन्दु कायमै रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय
बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।
कोरियाः प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
दक्षिण कोरियामा एक शिक्षक र एक माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीको अविभावक (आमा) लाई परीक्षाको प्रश्नपत्र चोरी गर्न विद्यालयमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।
ककपिटमा भिडियो राख्नुको ‘बलियो तर्क’ : आइएटिए प्रमुख
दुर्घटना अनुसन्धानमा सहायता गर्न एयरलाइन ककपिटमा भिडियो क्यामेरा राख्नुको ‘बलियो तर्क’ रहेको विश्वव्यापी उड्डयन उद्योग समूह आइएटिए प्रमुखले बुधबार बताउनुभएको छ ।
मुक्त कमैयाको पुनःस्थापनाबारे स्थलगत अनुगमन
सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरमा पुनःस्थापनासम्बन्धी समस्या समाधानका लागि स्थलगत अनुगमन गरेको छ ।
जिल्ला अदालतबाट लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्योट
ताप्लेजुङ जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्योट गरेको छ। जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी अर्थात् साढे बहत्तर प्रतिशत मुद्दाको फछ्र्योट गरेको हो।
आइसल्यान्डको ज्वालामुखी २०२३ देखि नवौँ पटक विस्फोट
आइसल्यान्डको दक्षिणपश्चिमी रेक्जानेस प्रायद्वीपमा बुधबार ज्वालामुखी विस्फोट भएको मौसम अधिकारीले बताएका छन् । यो सन् २०२३ को अन्त्यदेखि यस क्षेत्रमा भएको नवौँ विस्फोट हो ।
भालु देखिएपछि जापानको गल्फ प्रतियोगिता पुनः रद्द
बुधबार भालु देखिएपछि जापानमा भइरहेको गल्फ प्रतियोगिताका आयोजकले उदघाटन दिन रद्द गर्ने निर्णय गरेका छन् । पछिल्लो दुई महिनामा दोस्रो पटक भालुले खेल रोकेको छ ।
इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताउनुभएको छ । सम्झौता अन्तर्गत दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाबाट अमेरिकाले ठूलो परिमाणमा सामान खरिद् गर्नेछ ।
१३ लाख रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ
प्रहरीले ठुलो परिणाममा हजार दरका नेपाली रुपियाँका नक्कली नोटका कारोबारीहरूलाई पक्राउ गरेको छ । प्रहरीले १२९३ वटा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको हो ।
सरकारले साउनलाई डेङ्गु सचेतना महिना मनाउने
साउन महिनाबाट डेङ्गुको जोखिम बढ्ने हुँदा सुरुवाती चरणमा नै रोगको बारेमा प्रचार प्रसार र समुदाय परिचालन गर्ने उद्देश्यले डेङ्गु सचेतना महिना मनाउने घोषणा गरेको स्वास्थ्य सेवा विभागका डा. टङ्कप्रसाद बाराकोटीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको अग्रसरतामा सबै विश्वविद्यालयले स्वीकृत गराए बजेट
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् ।
साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको हो ।
पर्यटन शुल्कबाट १५ करोड रुपियाँ सङ्कलन
खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत एक वर्षमा १५ करोड रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा पर्यटन शुल्क बापत १५ करोड ५० लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
रूपन्देहीमा एउटै घरबाट २३ वटा ‘बेबी कोब्रा’को उद्धार
रूपन्देहीको तिलोत्तमा–५, प्रेमनगरस्थित एकै घरबाट २३ वटा ‘बेबी कोब्रा’ को उद्धार गरिएको छ। एउटै घरमा यति ठुलो सङ्ख्यामा कोब्रा भेटिनु दुर्लभ मानिएको छ।
एक लिटर दुधमा पाँच रुपियाँ अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको छ । यहाँको भिरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १३० लिटरको छ लाख ६० हजार ६५० रुपियाँ र आँधीखोला कृषि उद्यम सहकारी सस्थालाई ६९ हजार ७२० लिटर दुधको तीन लाख ४८ हजार छसय रुपियाँ गरी नौ लाख ९९ हजार २५० रुपियाँ अनुदान दिएको हो ।
स्वास्थ्य बिमा बोर्डको निर्णय सच्याउन कोशी अस्पतालका कर्मचारीको ज्ञापनपत्र
स्वास्थ्य बिमा बोर्डले सङ्घीय सरकार अन्तर्गत रहेको विराटनगरस्थित कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने निर्णय गरेपछि कोशी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
'मैले चुनौतीसँग नै मित्रता गाँसेँ'
मणिराज पौडेलको जन्म २०२९ साल असोज ४ गते एक जजमानी परिवारमा भयो । साविक काठमाडौँ डाँचे तथा हाल कागेश्वरी मनोहरा नगरपालिकामा जन्मनुभएका उहाँको जीवन सङ्घर्ष सामान्यभन्दा फरक छ ।