शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २३ गते ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ ।उहाँलाई शुक्रबार दिउँसो काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरिएको हो ।
निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले आज साइबर ब्युरोलाई आवश्यक कारवाही भन्ने विषयमा पत्र लेखेको थियो ।पत्रमा उहाँले आचारसंहिता २०८२ को दफा ४(६) विपरीत बोलेको अभिव्यक्ति दिएको भन्ने छ।प्रसाईंलाई त्यही पत्रका आधारमा बुझ्न बोलाइएको हो । के कस्तो कारबाहीको प्रावधान छ हेर्दैछौँ।’