• १४ फागुन २०८२, बिहिबार

तीन दिन सिमा नाका बन्द हुने

blog

जिल्ला प्रशासन कार्यालय सप्तरी ।

देवराम यादव

सप्तरी, फागुन १३ गते । सप्तरीमा तीन दिन भारतीय सिमा नाका बन्द गरिने भएको छ । फागून २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सिमा नाका बन्द गरिने भएको हो । 

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार फागुन १९ गते राति १२ बजे देखि २१ गते रातिसम्म भारतीय सिमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा जनाएको छ । 

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहीत एवम् शान्तिपूर्णट बाताबरणमा सप्पन्न गर्न भारतसँगै सिमा जोडिएका सप्तरीको सम्पूर्ण सीमा नाकाहरु बन्द गरिने प्रजिअ अधिकारीको भनाइ छ । 

फागून २१ गते अति आवश्यक एम्बुलेन्स, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विधुत सेवाजस्ता सेवाका सवारी साधन र अनुमति लिएका सवारी साधन वाहेक अन्य सम्पुर्ण यातायातका साधनहरु (सार्वजनिक र निजी) बन्द रहने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।