सङ्घीय संसद् भवनको निर्माण चैत पहिलो साताभित्र सक्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो साताभित्र सङ्घीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
आठौं परीक्षामा नेता त्रिपाठी र शुक्लाः कस्ले मार्ला बाजी ?
राजनीतिमा टिकिरहनु मात्र होइन, पटक–पटक मतदाताको परीक्षा दिनु पनि आफैंमा ठूलो चुनौती हो । २०४८ सालदेखि लगातार चुनावी मैदानमा उत्रिरहेका दुई नेता–पश्चिम नवलपरासीका हृदयेश त्रिपाठी र रूपन्देही –४ का सर्वेन्द्रनाथ शुक्ला यसपटक आठौँ पटक प्रतिष्पर्धामा हुनुहुन्छ ।
बुढासुब्बा गोल्डकप: झापा ११ को विजयी सुरुआत
२६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ विजयी भएको छ।
काठमाडौँ उपत्यकाका कांग्रेस उम्मेदवारको साझा योजना ल्याउन महामन्त्री पौडेलको पहल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सङ्घीय राजधानी उपत्यकाअन्तर्गत पर्ने काठमाडौँ, ललितपुर र भक्तपुरका कांग्रेस उम्मेदवारका तर्फबाट साझा योजनासहितको प्रतिबद्धता तयार पार्ने गृहकार्य थाल्नुभएको छ।
चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ
एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् ।
मुक्तिनाथ बसपार्क
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा बजार नजिकै रहेको मुक्तिनाथ बसपार्कमा पार्किङ गरि राखेका सवारीसाधन ।
मकवानपुरमा दुई दर्जन मतदान स्थल अतिसंवेदनशील
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मकवानपुरमा निर्वाचन सुरक्षाको पूर्वतयारी सुरु गरिएको छ।
श्रम दानबाट एकल महिलालाई घर
मकवानपुरको थाहा नगरपालिकामा श्रम दान गरेर एकल महिलाका लागि घर निर्माण गरिएको छ । थाहा नगरपालिका –४ स्थित शिखरकोट निवासी एकल महिला चिनीमैयाँ नेपालीको जीर्ण तथा बस्न अयोग्य अवस्थामा रहेको घर श्रमदान गरेर नयाँ पक्की घर निर्माण गरिएको हो ।
एमाले अध्यक्ष ओली झापामा
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले राजनीतिमा आउने युवाहरुलाई स्वागत गर्ने बताउनुभएको छ ।
टुथपेस्टलगायत सौन्दर्यका सामग्रीको नियमन गर्न सङ्घको माग
टुथपेस्टलगायतका विभिन्न सौन्दर्य सामग्रीको नियमन गर्न चिकित्सक सङ्घले माग गरेको छ ।
हामी नै नयाँ हौँ: संयोजक प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्म २५ वटा राजनीतिक घटकलाई एकताबद्ध गराइसकेको दाबी गर्दै नेकपा देशको पहिलो पार्टी बन्ने दिशामा तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ।
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टि-२० विश्वकप खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ ।
अमेरिका-रुसबिच सैन्य संवाद पुनः सुरु
युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रुसले चार वर्षभन्दा बढी समयपछि उच्च-स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति जनाएका छन् ।
आचारसंहिता उल्लङ्घनमा आयोग निर्मम: २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेस
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ।
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र कार्यविधि अझै सरल र प्रभावकारी बनाउनुपर्ने
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (नमुना) कार्यविधि अझै सरल र प्रभावकारी बनाउन सरोकारवालासँग छलफलको आयोजना गरिएको छ ।
घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकार समेट्न जेरियाट्रिक सोसाइटीको आह्वान
जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा ज्येष्ठ नागरिकका स्वास्थ्य र सामाजिक अधिकारका १४ बुँदा समेट्न आह्वान गरेको छ ।
जापानमा विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु हुने
जापानले विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र अर्को हप्ता पुनः सञ्चालनमा ल्याउने भएको छ ।
रूसी जनरलमाथि गोली प्रहार
रूसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ ।
अष्ट्रेलिया र इन्डोनेसियाद्वारा नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर
अष्ट्रेलिया र इन्डोनेसियाले दक्षिणपूर्वी एसियाको अर्थतन्त्रमा सहयोग र नयाँ सैन्य प्रशिक्षण सुविधाको लागि मार्ग प्रशस्त गर्दै शुक्रबार सुरक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।
झापामा सिरिन्ज प्रयोग गरी अनौठो ढङ्गले हत्या
झापामा एक व्यक्तिको अनौठो ढङ्गले हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–१०, सत्रविघेमा बिहीबार बेलुका खेम ढकालको हत्या भएको हो। हत्यामा अपनाइएको तरिकाले प्रहरीसमेत आश्चर्यचकित बनेको छ।
डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
डलरमा लगातार गिरावटको बावजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्यूजले जनाएको छ ।
राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ: घिसिङ
उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताउनुभएको छ।
बैतडी बस दुर्घटना: घाइतेको उपचार खर्च सरकारले बेहोर्ने
बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएको छ।
गोरखापत्रले शोधवृत्ति प्रदान गर्ने
गोरखापत्र संस्थानले गोरखापत्रसँग जोडिएका विभिन्न क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धानकर्ताका लागि शोधवृत्तिको घोषणा गरेको छ । गोरखापत्र एकेडेमी अन्तर्गत प्रदान गरिने शोधवृत्ति दुई वर्गको हुनेछ ।