निःशुल्क भिसा र टिकटको व्यवस्था खारेजीको गृहकार्य
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खाडी र मलेसियामा निःशुल्क भिसा र टिकटको व्यवस्था कार्यान्वयन नभएको हुँदा यसलाई खारेज गर्नुपर्ने बताउनुभएको छ ।
हृदयघातबाट सशस्त्र प्रहरीका एसपी राजेश घिमिरेको निधन
सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको हृदयघातका कारण निधन भएको छ । मोरङको बिराटचोकमा शुक्रबार सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सम्मिलित डीआईजी तहको समन्वय बैठककै क्रममा घिमिरे अचानक बेहोस भएर ढल्नुभएको थियो ।
भित्रियो सवा आठ अर्ब वैदेशिक लगानी
चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सवा आठ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म आठ अर्ब १७ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा छ अर्ब ४८ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो ।
प्राविधिक र चिकित्सकको विवरण माग
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिक र कृषि स्नातक/पशु चिकित्सकको यथार्थ विवरण उपलब्ध गराउन अनुुरोध गरेको छ ।
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डङ्गोल
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रिना डङ्गोल नियुक्त हुनुभएको छ । २०८२ माघ २२ गतेको प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णय अनुसार उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निमित्त प्रबन्ध निर्देशक तोकेको जनाइएको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७६ पैसा र बिक्रीदर १४५ रुपियाँ ३६ पैसा तोकिएको छ ।
जनताको पक्षमा लेख्न डराउन नहुने
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पत्रकारले सत्यतथ्य कुरा जनताका पक्षमा बोल्न र लेख्न डराउन नहुने बताउनुभएको छ । रफत सञ्चार क्लबको १६ औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार उद्घाटन गर्दै उहाँले पत्रकारले देश र जनताका पक्षमा बोल्न र लेख्न डराउन नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “देश र जनताका पक्षमा उभिएर निर्भीकतासाथ आफ्नो दायित्व पूरा गर्न पत्रकार अग्रसर रहनु पर्छ । “पत्रकारले साँचो कुरा बोल्न र लेख्न पछि पर्न हुँदैन । यो कर्तव्यप्रति च्युत भए देश र जनताको अहित हुन जान्छ ।”
दुई प्रदेशको हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कांग्रेस सबैभन्दा नयाँ पार्टी : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले सङ्कटमा पनि परिस्थिति समाल्ने र नेतृत्व गर्ने शक्ति कांग्रेससँग मात्र भएको दाबी गर्दै कांग्रेस देशको सबैभन्दा पुरानो र अहिलेको सन्दर्भमा सबैभन्दा नयाँ दलसमेत भएको बताउनुभएको छ ।
मतदाताको घरदैलोमा आयोग
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर फागुन पहिलो साताबाट घरदैलोमा पुगेर मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृतसँगै आयोगले घरघरमा पुगेर निर्वाचन सचेतना र मतसङ्केतलगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगले डिजिटल प्लेटफर्मबाट अहिले पनि निर्वाचन सचेतना बढाइरहेको छ ।
‘फागुन २० देखि २२ मौसम सफा’
तिस वर्षको मौसमी तथ्याङ्कले हरेक वर्षको फागुन २०, २१ र २२ गतेको मौसम सफा रहेको देखाएको छ । आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा हिमाली जिल्लाको मौसम खराब रहन सक्ने र जसकारण निर्वाचन प्रक्रियै बिथोलिन्छ कि भन्ने बहस भइरहेको बेला मौसम विज्ञान विभागले यस्तो तथ्याङ्क निर्वाचन आयोगलाई बुझाएको छ ।
द्रुतमार्गसँगै खुल्ने छन् अवसर
समृद्धिमा लम्केको विश्वजगत्, छिमेकी मुलुक भारत र चीनमा भइरहेको तीव्र आर्थिक विकास आफ्नै मुलुकमा देख्ने नेपालीको अभिलाषा पूरा गर्ने गरी काठमाडौँ–तराई/मधेश जोड्ने दु्र्तमार्गले गति लिएको छ ।
प्रभावशालीदेखि जेनजी पुस्तासम्म
राजकीय सत्ता र राजनीतिक सत्तामा पटक पटक महत्वपूर्ण जिम्मेवारी समालिसकेका प्रभावशाली नेताबिचको प्रतिस्पर्धा काठमाडौँ क्षेत्र नं. ५ मा निर्वाचनको सरगर्मी निकै रोचक हुँदै छ । पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको नेतृत्व गरिसकेका अनुभवी नेतासँगै जेनजी पुस्ता प्रतिस्पर्धामा उत्रँदा यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामबारे चासो र बहस तीव्र भएको छ ।
सङ्घीय कानुन नबन्दा प्रदेशमा अन्योल
संसदीय समितिले सङ्घीयता आत्मसात् गरी सङ्घीय कानुन, कार्यविधि नआउँदा प्रदेशले समयमै कानुन बनाउन खोजे पनि असमानता र सङ्घर्ष उत्पन्न भएको औँल्याएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको अध्ययन प्रतिवेदनले सङ्घीय कानुन समयानुकूल रूपमा सङ्घीयताको मर्म अनुरूप नआउँदा प्रदेशका कानुनसँग बाझिएको देखाएको हो ।
आजदेखि दसौँ टी–२० विश्वकप
क्रिकेटको छोटो संरचनाको महाकुम्भ शनिबार सुरु हुँदै छ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ । जुन एक महिना नभई निको हुने छाँट देखिँदैन ।
इस्लामावादमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० भन्दा बढी घाइते
पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
कांग्रेसले नेतृत्व र नीति दुवै परिवर्तन गरिसक्यो : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसमा के परिवर्तन भयो भनेर प्रश्न गर्नेहरूलाई पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको नेतृत्वमा पुस्तान्तरण गरिसकेको जवाफ दिनुभएको छ ।
निर्वाचनको ४८ घण्टाअगावै सीमा नाका बन्द गरिने
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ ।
नागरिक स्थान र जवाफदेहिता सुदृढ बनाउन माग
मधेश प्रदेशका नागरिक समाजका प्रतिनिधिहरूले समुदायको सशक्तीकरणका लागि नागरिक स्थानको सुदृढीकरण, सरकारी जवाफदेहिता र समावेशी नीतिको आवश्यकतामा जोड दिएका छन्।
बागदरबार प्रबलीकरण र कमलपोखरीको सौन्दर्यीकरण हुँदै
बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत मजबुतीलाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्देशन दिनुभएको छ ।
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
रौतहटमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौर नगरपालिका–१ का ४४ वर्षीय राकेशप्रसाद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।
फागुन २१ को निर्वाचनमा कांग्रेसलाई कसैले रोक्न सक्दैन: सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्याउन सके आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई कसैले रोक्ने नसक्ने बताउनुभएको छ।
ढिस्कोले पुरिएर कामदारको मृत्यु
झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एकजना कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सिरहा लहान बस्ने अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव रहेका छन् ।
सांस्कृतिक पर्वको सगुन प्रहरीले गर्यो नष्ट, महासंघको आपत्ति
काठमाडौँको टोखा नगरपालिका वडा नंं ३ स्थित साङ्बो भोटेसहितका परिवारको सांस्कृतिक पर्वका लागि बनाइएको तुङ्बा लगायतका सामग्री प्रहरीले नष्ट गरेपछि सो परिवार समस्यामा परेका छन् ।