‘मिसेस नेपाल वर्ल्ड’ बनिन् रक्षा पन्त
राजधानीमा शनिबार राती सम्पन्न विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छिन् । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धी
गुल्मीमा आधारभूत अस्पताल सञ्चालनमा सकस, केन्द्र र प्रदेशकै भरपर्नुपर्ने बाध्यता
गुल्मीमा आधारभूत अस्पताल सञ्चालनका लागि केन्द्र र प्रदेशकै मुख ताक्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले १५ शय्याका अस्पताल सञ्चालनमा ल्याएका छन् ।
पोस्टरमा मौन पाँच पात्र
चलचित्र ‘दी ब्लु लाइट’ को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देखाइएको छ । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन् ।
बर्दिया, गुलरिया र राजापुरमा ‘हरि हजुरबा’
सशस्त्र द्वन्द्वको कथामा आधारित नाटक ‘हरि हजुरबा’ बर्दिया, गुलरिया र राजापुरमा मञ्चन गरिएको छ । बेपत्ता पारिएका नागरिक द्वन्द्वरत दुवै पक्षले सार्वजनिक गर्नु पर्छ भन्ने भाव झल्किने गरी नाटक मञ्चन गरिएको थियो । देशमै सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दियाका बेपत्ता नागरिक र सहिद परिवारहरू नाटक हेरेर भावविह्वल भएका थिए ।
अग्नीसाइर कृष्णासवरन विवाद : अन्तरिम आदेश दिन उच्च अदालतद्वारा अस्वीकार
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष र कार्यवाहक अध्यक्षबिचको विवादमा उच्च अदालत जनकपुर राजविराज इजलाशले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
विद्यार्थीलाई मयूरनाचको तालिम
जाजरकोटका शिक्षकले विद्यालयमा स्थानीय कला संस्कृति सिकाउन थालेका छन् । छेडागाड नगरपालिका–२, शङ्करस्थान माध्यमिक विद्यालय मजेरीका ८ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई मयूरनाच सिकाउन थालेका हुन् ।
दुधकोशीको वित्तीय व्यवस्थापन चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको आग्रह
जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना निर्माणका लागि वित्त व्यवस्थापनको टुङ्गो तत्काल लगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले एसियाली विकास बैङ्क (एडिबी) लाई आग्रह गर्नुभएको छ ।
पाँचखाल विशेष औद्योगिक क्षेत्रको डिपिआर तयार गर्न समझदारी
काभ्रेको पाँचखालमा निर्माण योजना रहेको पाँचखाल विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न समझदारी भएको छ । यसका लागि लगानी बोर्ड र नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनीबिच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ ।
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपियाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २९.२३ प्रतिशतले बढ्यो
नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले बढेर २६ खर्ब ७१ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैङ्कले अर्थमन्त्री रामेश्वर खनालसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व गत वर्ष असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई यो वर्षको असार मसान्तमा २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको हो । राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले उक्त प्रतिवेदन अर्थमन्त्री खनालसमक्ष पेस गर्नुभएको हो ।
एनपीएल क्रिकेट : चारटोली मैदानमा
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा समङ्गलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
निरन्तर घट्दै टेलिकमको नाफा
भ्वाइस सेवाको आम्दानी निरन्तर गुमाइरहेको सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा पनि निरन्तर घट्दो क्रममा छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमले यो अवधिमा मात्रै ४१ करोड ४४ लाख रुपियाँ खुद नाफा गुमाएको छ ।
आइपिओ निष्कासन गर्दै ग्रिनेदी इनर्जी
ग्रिनेदी इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । ग्रिनेदीले स्थानीयवासी तथा सर्वसाधारणलाई सेयर निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
गुल्मीका स्थानीय तहः एक वर्षमा ४७ हजार सेवा प्रवाह
स्थानीय तहले सेवा प्रवाहलाई सहज रुपमा आमनागरिक समक्ष पुर्याउन निकै प्रयत्न गरेका छन् । नेपालको संविधानको मर्म अनुसार स्थानीय तहहरुले सेवा प्रवाह र विकास निर्माणका कार्यलाई नागरिक समक्ष पुर्याउन जनप्रतिनिधि र कर्मचारीहरु निरन्तर लागेको पाइएको छ ।
‘लगानी सुरक्षाका लागि सरकार गम्भीर’
निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकार गम्भीर रहेको अर्थमन्त्री रामेश्वर खनालले बताउनुभएको छ । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले सङ्कटको अवस्थामा पनि निजी क्षेत्रले देखाएको आँटलाई प्रशंसा गर्दै लगानीको सुरक्षा र नीतिगत सुधारमा सरकार गम्भीर रहेको बताउनुभएको हो ।
शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा सार्वजनिक बिदा
गुल्मीको शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा चन्द्रकोट गाउँपालिकाले मङ्गलाबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेवानिका जहाज अब भैरहवा ‘डाइभर्ट’ हुने
नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने भएको छ ।
तीन महिनामा पौने दुई अर्ब वैदेशिक लगानी
चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा पौने दुई अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको तीन महिना (साउन–असोज) एक अर्ब ७४ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
गैरकर घटे पनि करमा सुधार
गैरकर सङ्कलन १३ अर्ब रुपियाँले घटे पनि समग्र कर सङ्कलनमा सामान्य सुधार देखिएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) सम्मको राजस्व सङ्कलनसम्बन्धी विवरण अनुसार यो अवधिमा सरकारले सबै शीर्षकमा गरेर तीन खर्ब २९ अर्ब ५१ करोड रुपियाँ कर सङ्कलन गरेको छ । गत वर्षको सोही अवधिमा तीन खर्ब २९ अर्ब एक करोड रुपियाँ कर सङ्कलन भएको थियो ।
पूर्वसचिव कार्कीलाई चार दिन म्याद थप
काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा लगाउँदा राज्यलाई अर्बौंको नोक्सान पु¥याउने गरी सम्झौता गर्नेमध्येका मुख्य आरोपित ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
सडकका पच्चिस रुग्ण ठेक्का तोडिए
ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सडक पूर्वाधारतर्फका २५ वटा रुग्ण ठेक्का तोडिएका छन् । सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार २५ रुग्ण ठेक्का तोडिएको जनाएको छ ।
पीडितविहीन अपराधमा रिटको प्रयोग मनासिब हुन्न
पीडितरहित कसुरमा मुद्दा नचल्ने गरी सरकारी वकिलबाट भएको निर्णयमा अदालतको असाधारण अधिकारक्षेत्र आकर्षित गरी तेस्रो पक्षबाट निवेदन ल्याउने प्रचलनलाई निरुत्साहित गर्ने गरी सर्वोच्च अदालतले व्याख्या गरेको छ ।
आन्दोलनमा अख्तियारको ४२ करोडको क्षति
जेनजी समूहले आयोजना गरेको आन्दोलन तथा प्रदर्शनका क्रममा आपराधिक समूहको आगजानी तथा तोडफोडबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ४१ करोड ७२ लाख एक हजार दुई सय रुपियाँ बराबरको क्षति भएको छ ।