कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु, आफन्तद्वारा जक्का जाम
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० चुहा नजिकै ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते लम्कीचुहा नडा नम्बर ८ का १५ वर्षीय शिरिष भण्डारीको मृत्यु भएको हो ।
रुकुमपूर्वमा पाँच सय ८१ किशोरीलाई एचपिभी खोप दिइने
रुकुमपूर्वका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) यही माघ २५ गतेदेखि दिइँदै छ । जिल्लाभरका विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) दिइन लागेको हो ।
जिल्लामा आचारसंहिताको उल्लङ्घन
नेपाल विद्यार्थी सङ्घ सप्तरीले जिल्लामा निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भइरहेको भन्दै शुक्रबार प्रमुख निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा
काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
सिक्दै, कमाउँदै विद्यार्थी
दीपशिखा आवासीय माध्यमिक विद्यालयका होटल म्यानेजमेन्ट विषयका विद्यार्थीले फूड फेस्टिवल आयोजना गरेर आफ्नो सीप र सिर्जनशीलता प्रदर्शन गरेका छन् ।
हिन्दु नम्बरको विश्वयात्रा
मानव सभ्यताको इतिहासमा पाङ्ग्रा वा छापाखानाको आविष्कारजत्तिकै महत्त्वपूर्ण अर्को मोड शून्य र दशमलवको विकास हो । यो केवल गणितको विकास मात्र थिएन, यो त मानव मस्तिष्कले अमूर्त सोचलाई मूर्तरूप दिने एउटा ठुलो फड्को थियो । यो यात्रा भारतवर्षको वैदिक ऋचादेखि युरोपको पुनर्जा
कृषिमा ६० प्रतिशत रोजगारी सृजना गर्न सकिन्छ : महामन्त्री लम्साल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्सालले ६० प्रतिशत रोजगारी कृषि क्षेत्रमै सृजना गर्न सकिने बताउनुभएको छ ।
मतदाता रिझाउन उम्मेदवार घरघरमा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मत माग्नका लागि उम्मेदवारहरू मतदाताको घरघरमा पुगेका छन् ।
नमुना पशुपक्षी अस्पताल भवन निर्माण ढिलो, ७० प्रतिशत मात्रै काम अमरराज नहर्की
निर्माण कम्पनीको लापरबाहीले गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशुपक्षी अस्पताल’ को भवन निर्माण कार्यमा बिलम्ब भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योलमो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योलमो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध पाँच दिनको म्याद थप
राष्ट्रिय स्वतन्त्र पार्टीबाट रौतहट क्षेत्र नं. २ का उम्मेदवार सगीर आलमको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका कार चालक शेख मुस्ताकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ।
सीमा सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणमा संयुक्त प्रतिबद्धता
खुला सिमाना रहेका नेपाल र भारतबिच सीमा सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सूचनाको आदान–प्रदान गर्ने, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने र सुरक्षा निकायबीच सशक्त सहकार्य तथा समन्वय गर्ने सहमति भएको छ।
आमाको औषधी (कथा)
टुसुक्क बसेकी । मूलढोकाको बिचमा । सधैँ झैँ– टाउकोमा रातो मजेत्रो । सेतो भुइँमा राता, कलेजी स्टबेरी फलेका ढाकाको चौबन्दी चोलो । निधारमा ठुलो, बाटुलो, रातो टीका ।
म मोबाइलको घडी होइन (कविता)
म– तिम्रो समयको दास होइन । तिमी उठ्ने बेला बिहान भइदिन तिमीलाई निद्रा लाग्दा रात हुन तिमी एक्लो हुँदा
छरिएको माया (कविता)
इज्या बैतडी टाढा रहिन, स्मृतिमा दीप झल्कन्छन, आशीषको उज्यालोले नै जीवनपथ टल्कन्छन । चितवनतिर मायालु, सास सासमा बाँधिएकी, आँखा चिम्लिँदा पनि उही अनुहार देखिएकी ।
ऐना (कविता)
विश्वासको चौतारी भत्किएको छ बिरक्तिएको घाउ निको पार्ने बहानामा भ्रमको गीत बेसुरे छ जताततै हाँस्दा पनि उपहास गर्नेहरूको भिड
‘बोरा’ का लेखकलाई अपिल
पुस्तकको अनिकाल हुने ठाउँमा ‘बोरा’ उपन्यास हात पर्यो, मज्जासँग पढेँ । यसको कभर पृष्ठको कलाचेत विस्मयकारी छ । म थोरै पनि डराइनँ । मेरो मुटु अमिलो भएन । साधारण मान्छेको मुटु काम्दो हो– कुनै भयानक जीवको मुखमा बुढीआमा पुगेको देखेर । यो कलाको पक्ष भो । यो सा
कुलुङ जातिका युवा ‘तुसः’ मा साट्थे पिरती
भनिन्छ, कृषि युगपछि नै मानव समाज स्थायी रूपमा एकै ठाउँ बस्न सुरु गरेका हुन् । कृषिकर्ममा मानव युग प्रवेश गरेपछि श्रमले प्राथमिकता पाउन थाल्यो । उत्पादनका लागि काम गरेपछि स्वाभाविक रूपमै थकाइ लाग्ने भयो । त्यसरी थकाइ लागेपछि मानिसलाई थकान मेट्न र मनोरञ्जन गर्न मन पनि लाग्ने नै भयो । हो, त्यसरी कृषिकर्म गर्ने क्रममा थकान मेट्न एवं मनोरञ्जन गर्नकै लागि हाम्रा पितापुर्खा (चाप मुमा/मोमा र चाप फोपा/फपा) ले बाजागाजा, नाचगान, गीतसङ्गीत आदि सिर्जना गरेका हुन् ।
नाट्यशिरोमणि सम सम्झना
नाट्य शिरोमणि बालकृष्ण सम बहुआयामिक सर्जक साँच्चि । सत्य तथ्य निर्विवाद साबितिए यसैले । उनका तन्मय चिन्तन–लेखन, अभिव्यक्ति स्वछन्द–धारावाही अनि अजश्र रहेको यस चेतधारी ठम्याइरहे बनेको आत्मानुभूति यो । पस्काउन जमर्किरहेँ ! चैतन्यचेत सदाबहार !
ओ शैलुङ ! आहा आमायाङरी !
नेपाल सुन्दर छ । स्वदेशी र विदेशी धेरैले भन्ने र लेख्ने गरेको कुरो हो यो । मेरो मौलिकता छैन यसमा, केवल नक्कल, भनौँ चोरी ! तर नेपाल मेरो, उसको वा कसैको मात्र होइन, हाम्रो हो । त्यसैले त हाम्रो नेपाल राम्रो छ, सुन्दर छ । हाम्रो भएकाले नै मैले पनि भन्न सक्छु नेपाल साँच्चिकै सुन्दर छ ! नेपाललाई सुन्दर भन्न कसैका शब्द सापटी लिनु पर्दैन ।
मतदाताको जिज्ञासा : मल सहज रूपमा कहिले पाउने
आसन्न निर्वाचनका लागि मत माग्न आउने उम्मेदवारलाई दाङको घोराही–१७, गुलरियाका किसान प्रेम चौधरीको एउटै प्रश्न हुने गरेको छ, मलको अभाव कहिलेसम्म झेल्नुपर्ने हो हामी जस्ता किसानले ? आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रेम चौधरी जस्तै हरेक मतदाताले अहिले आफ्ना समस्या किन समाधान हुन सकेका छैनन् र कहिले समाधान हुन्छन् भन्ने जिज्ञासा राख्ने गरेका छन् ।
दल परिवर्तन गर्दै चुनावी प्रतिस्पर्धामा ‘हेभिवेट’ उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै पश्चिम नवलपरासीको चुनावी माहौल रोचक बन्दै गएको छ । निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रबाट २३ स्वतन्त्रसहित कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
चुनाव बहिष्कार गरेका दल निगरानीमा
प्रतिनिधि सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा चुनाव बहिष्कार गरेका दलहरूलाई सुरक्षा निगरानीमा राखेको छ । निर्वाचन बहिष्कार गरेका केही समूहले भोट नहाल्न आग्रह गर्दै गरेको पर्चा छरेको भेटिएको छ । त्यस कारणले ती दलमाथि निगरानी बढाएको बताइएको छ । सुरक्षा अधिकारीका अनुसार मोहन वैद्य नेतृत्वको व्रmान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिस्ट वैज्ञानिक समाजवादी पार्टी, समरजङ्ग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको घोषणा गरेका छन् ।