‘कौराहा संरक्षण पत्रकारिता पुरस्कार’ श्रीषलाई
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार रुद्र श्रीष मगर सम्मानित हुनुभएको छ । उहाँलाई गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकासमन्त्री विन्दुुकुमार थापाले सम्मानपत्र तथा नगद १५ हजारसहित सम्मान गर्नुभयो ।
च्यासलमा एमाले सचिवालय बैठक जारी
नेकपा (एमाले) को सचिवालय बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ । एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले केही समयदेखि समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताउनुभएको छ ।
एनसेल ‘लिग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपियाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल हुनुभएको छ । उहाँले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप यो डिल हात पार्नुभएको हो ।
ब्रेक्जिटपछिको न्यानो सम्बन्धका बिच मर्जको लन्डनको पहिलो भ्रमण
बेलायतले आफ्ना छिमेकीहरूसँग ब्रेक्जिटपछिको सम्बन्ध सुधार गर्न खोजिरहेको बेला जर्मन चान्सलर फ्रेडरिक मर्ज प्रधानमन्त्री किर स्टार्मरसँग ‘मित्रता सन्धि’ मा हस्ताक्षर गर्न बिहीबार लन्डन जानुहुनेछ ।
यो वर्ष एक खर्ब २० अर्ब राजस्व वृद्धि
आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
पाकिस्तानमा बसोवास गर्ने अफगान आप्रवासीहरूको बढ्दो सङ्ख्याले गिरफ्तारी र निर्वासनको निरन्तर डरका कारण अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट टाढा बसिरहेको खामा प्रेसले मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) को हालैको रिपोर्टलाई उद्धृत गर्दै बुधबार बताएको छ ।
दुई करोड ७० लाख ठगी गर्ने पक्राउ
दुई करोड ७० लाख ८६ हजार भन्दा बढी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले ११ महिना कैद सजाय र सोही रकम बरावरको बिगो र जरिवाना असुलको फैसला गरेसँगै रमेश कुमार कार्कीको जाहेरीले वादी नेपाल सरकार भई प्रतिवादी काठमाडौँ महानगरपालिका ३ घर भई तारकेश्वर नगरपालिका ५ गोल्डढुङगा बस्ने वर्ष ४६ को केदार अर्याललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इजरायली अवरोधबिच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणमा तीव्र वृद्धि भएको रिपोर्ट गरेको छ ।
बेहडाबाबालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ।
पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु
पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ । यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब एक सय ८० पुगेको छ ।
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ ।
श्रीलङ्कामाथि नेपालको फराकिलो जित
ढाकामा बिहीबार भएको खेलमा नेपालले श्रीलङ्कालाई फेरि ७–० गोलले हरायो ।
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ विन्दुमा कायम भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज नेप्से परिसूचक दुई दशमलव ७१ प्रतिशतले बढेको हो।
लक्ष्यभन्दा बढी माछाका ‘भुरा’ उत्पादन
बाँकेको राप्तीसोनारी गाउँपालिका-८, शम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्ष ०८१–८२ मा लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन गरेको हो ।
नतिजामुखी बजेट कार्यान्वयनका लागि मन्त्रीसँग कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका नतिजामुखी बजेट कार्यान्वयनका लागि मन्त्रीसँग कार्यसम्पादन सम्झौता मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
आर्मीमाथि एपिएफको सहज जित
एपिएफ क्लबलले एन्फा यु–१६ युथ लिगमा त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ ।
डोलेश्वरमा श्रावणी मेला सुरु
सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सुरु भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले ३८ दिन लामो श्रावणी मेलाको शुभारम्भ गर्नुभएको हो ।
काठमाडौँमा डेङ्गुकाे जोखिम
नियमित पानी परेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।
तिरहुत टाइगर्सद्वारा सप्तरी प्राइड लिग उपाधि रक्षा
तिरहुत टाइगर्सले सप्तरी प्राइड क्रिकेट लिग उपाधि रक्षा गरेको छ ।
आजदेखि धरहरा १२ घण्टा खुल्ने
आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
मानव संरक्षणको कामना गर्दै सकियो 'असारे पर्व'
पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । त्यहाँका मगर समुदायले असारको काम सकेर असारे वा साउने संक्रान्ति पर्व धुमधामले मनाउने परापूर्वकालदेखिको परम्परा अझै जिवित छ ।
हिमपहिरोको जोखिम बढेपछि गाउँ छोड्ने सामूहिक निर्णय
हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को तिल गाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन् ।
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प
बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियाे । तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएकाे छ ।