रसुवागढीमा बेलिब्रिज निर्माणको तयारी
असार २४ गते बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा दसैँअघि नै बेलिब्रिज निर्माण गर्न छलफल भएको छ ।
आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ महानगरको छात्रवृत्ति : परीक्षामा सोह्र हजार सहभागी हुँदै
काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि सञ्चालन हुने प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी सहभागी हुने भएका छन् ।
सर्वोच्चमा एकचालिस प्रतिशत मुद्दा फर्स्योट
सर्वोच्च अदालतले ४१ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । २०८२ असार मसान्तसम्म सर्वोच्चमा अब २४ हजार मुद्दा बाँकी भएका छन् । जसमा दुई वर्ष नाघेका मुद्दा आठ हजार ९४८ थान छन् ।
एमाले सचिवालय बैठक : ७० बर्से उमेरहद हटाउने प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो ।
१८५ पालिकाको पारित भएन बजेट
चालु आर्थिक वर्ष २०८२/८३ का लागि १८५ वटा स्थानीय तहले गाउँ र नगर सभाबाट निर्दिष्ट समयभित्र बजेट पारित गर्न सकेनन् ।
सुन्दर उत्तरपानीमा सन्नाटा
युरोपको गाउँ बस्तीको झल्को दिने साना र सुन्दर चिटिक्क परेका घर, पोखरी तथा वरिपरिको चिया बगान, डाँडाकाँडाबाट देखिने हिमाल र मनोरम भूदृश्य तथा शान्त वातावरण । करिब दुई दशकअघिसम्म धनकुटा उत्तरपानीको यो दृश्यले सबैलाई लोभ्याउँथ्यो । धनकुटा नगरपालिका वडा नम्बर १० र पाख्रीबास नगरपालिका वडा नम्बर ९ को सिमानामा पर्ने उत्तरपानी प्राविधिक शिक्षाका लागि मात्र नभएर एक समय धनकुटाकै मुख्य पर्यटकीय गन्तव्य थियो तर आज सुनसान छ ।
वन कोषको तीन अर्ब प्रयोगविहीन
वन विकास कोषमा तीन अर्ब रुपियाँ जम्मा भए पनि त्यो रकम रुख रोप्न, हुर्काउनलगायत वन क्षेत्रको विकास तथा संवर्धनमा प्रयोग हुन सकेको छैन । सो रकम छ वर्षदेखि प्रयोगविहीन छ ।
तुइनमुक्त प्रदेश बनाउने योजना
कर्णालीमा अझै पनि दर्जनौ तुइन रहेको पाइएको छ । प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुरुप विवरण माग गरेको थियो । चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीतिअनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।
धुलिखेल–खावा सडक विस्तार गरिने
निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको साढे चार महिनापछि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारको लागि नयाँ ठेक्का (बोलपत्र) आह्वान भएको छ । सडक डिभिजन भक्तपुरले १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड विस्तारको लागि बिहीबार नयाँ बोलपत्र आह्वान गरेको हो ।
बादलको घुम्टोले छोपिएको भच्चेक बजार
तनहुँ, साउन १ गते । गोरखाको अजिरकोट गाउँपालिका ३ मा अवस्थित सिरानडाँडाबाट देखिएको बादलको घुम्टोले छोपिएको भच्चेक बजार र आसपासको दृश्य । छिनमै बदलिरहने मौसमले यस स्थानमा पर्यटकहरु आउने गर्दछन् । तस्बिर : रासस
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ ।
वालिङ–चापाकोट जोड्ने पक्की सडक
स्याङ्जाको वालिङ ७ केवरेस्थित वालिङ–चापाकोट जोड्ने पक्की सडक र सडकको आसपास खेतमा रोपिएको धान बाली ।
सेती नदी र आसपासको हेम्जाको दृश्य
पोखरा– २५ स्थित मेल्बोटबाट बिहीबार देखिएको सेती नदी र आसपासमा रहेको हरियाली हेम्जाको दृश्य ।
छ अर्ब राजस्व सङ्कलन, करदाता सहायता कक्ष सुरु
आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्षको तुलनामा यसपालि ५१ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा छ अर्ब आठ करोड ४६ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ नयाँ गीत सार्वजनिक (भिडियो)
तीज गीतमा गायक महतलाई गायिका सुनिता दुलालले साथ दिनुभएको छ।
वीरगन्जमा खानेपानी उपलब्ध गराउने पहल
खानेपानीको लागि चापाकलमा आश्रित रहेका परिवारहरूलाई चापाकलहरू सुकेपछि सृजना भएको खानेपानीको समस्याको दीर्घकालीन समाधानका लागि वीरगन्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबिच बिहीबार खानेपानी सेवा विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कोरा साईकल र्याली आयोजना हुँदै
मकवानपुरको हेटौंडामा आठौं संस्करणको कोरा साईकल र्याली आयोजना हुने भएको छ । सन् २०१८ देखि निरन्तर साईकल महोत्सव गर्दैआएको हेटौंडा राइडर्स क्लबले आगामी शनिबार साईकल र्याली गर्ने भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
१४ जिल्लामा पूर्वाधार कार्यालय स्थापना
कोशी प्रदेश सरकारले प्रदेशभर पूर्वाधार निर्माणका कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन १४ जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ ।
देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका विषयमा कांग्रेसले ध्यान दिनुपर्ने बताउनुभएको छ।
‘मिस युनिभर्स’लाई प्रधानमन्त्रीले शुभकामना- ‘यो नेपालको ब्युटी चिनाउने अवसर हो’
सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल–२०२५का लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ।
ताप्लेजुङमा राहदानी बनाउने घटे
ताप्लेजुङमा वैदेशिक रोजगारीमा जान राहदानी बनाउने घटेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष राहदानी (इ–पासपोर्ट) बनाउनेको सङ्ख्या घटेका हुन् ।
पाँचथरमा सवारी दुर्घटना हुँदा तीनजना घाइते
पाँचथरको फिदिम १३ लुङरुपास्थित टिम्बुरे भन्ने स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
‘कौराहा संरक्षण पत्रकारिता पुरस्कार’ श्रीषलाई
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार रुद्र श्रीष मगर सम्मानित हुनुभएको छ । उहाँलाई गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकासमन्त्री विन्दुुकुमार थापाले सम्मानपत्र तथा नगद १५ हजारसहित सम्मान गर्नुभयो ।