काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा
सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ ।
महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ
विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ ।
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) का अध्यक्ष डा रामचन्द्र भुसाल निर्वाचित हुनुभएको छ ।
टीकापुर साहित्य महोत्सव चैत्रमा हुने
टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
ई–ड्राइभ ट्याक्सीको अनलाइन सेवा सुरु
लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा ई–ड्राइभले नेपालगन्जबाट पनि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ ।
उम्मेदवार थापालाई मातृशोक
नेकपा (एमाले) बाजुरा पार्टीको उम्मेदवार लालबहादुर थापालाई मातृशोक परेको छ । एमाले केन्द्रीय कमिटी सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनु भएका थापाकी ८९ वर्षीया कलशी थापाको हिजो राति ताँप्रास्थित आफ्नै निवासमा मृत्यु भएको हो ।
बुढासुब्बा गोल्डकप : प्लानिङ ब्वाइज क्वार्टरफाइनलमा
२६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब, काठमाडौँले न्युरोड टिम (एनआरटी) लाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
‘नेपाल सनातन धर्म, सभ्यता र संस्कृतिमा आधारित राष्ट्र हो’
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कारयुक्त सोच र व्यवहार नै देश निर्माणको आधार भएको बताउनुभएको छ ।
बिमानको एजेण्डा आयो, विमान आएन
कालीकोटको राजनीतिक दलले २०६४ यताका आम निर्वाचनदेखि स्थानीय तहका निर्वाचनमा भोट बटुल्ने साधनका रुपमा प्रयोग गर्नेगरेको सुनथराली बिमानस्थल बने पनि अझै जहाज आउन सकेको छैन ।
नाइजेरियाको बेन्यु राज्यमा आक्रमण, ३० जनाको मृत्यु
नाइजेरियाको मध्य राज्य बेन्युका दुई शहरमा केही दिनको अन्तरालमा भएका दुई आक्रमणमा ३० जनाको मृत्यु भएको जनाइएको छ । यस क्षेत्रमा लामो समय देखि अन्तर-साम्प्रदायिक झडप हुने सम्भावना रहेको स्रोतलाई यदृत गर्दै एएफपीले जनाएको छ ।
कांग्रेस सच्चिएर आएको छ, जनविश्वास जित्नेछ : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षाअनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले जनताको विश्वास जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भारतलाई साफ यु–१९ महिला फुटबलको उपाधि
पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा भारतले साविक विजेता बङ्गालादेशलाई ४–० गोलले पराजित गर्दै ट्रफी उचालेको हो । लिग चरणमा भारत बङ्गालादेशसँग २–० गोलले पराजित भएको थियो ।
भरुवा बन्दुकसहित एकजना पक्राउ
जिल्ला प्रहरी कार्यालय हुम्लाले भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नङ्ग्रासहित एक जनालाई पक्राउ गरेको छ ।
कैलाशेश्वर सामुदायिक वनमा अनियमितता भएको आरोप
कैलालीको जानकी गाउँपालिका –६, कैलाशेश्वर सामुदायिक वनमा अनियमितताको आरोप लागेको छ ।
नेपाल टी–२० विश्वकपका लागि तयार
तेस्रो पटक आइसिसी टी–२० विश्वकप २०२६ को यात्रा तय गरेको नेपालले आइतबार बलियो इङ्ल्यान्डसँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्नेछ ।
सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था सङ्कटग्रस्त
गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीलाई दुर्व्यवहार गरिएको भन्ने विवरणप्रति संयुक्त राष्ट्रसङ्घका मानवीय निकायले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
अमेरिका-भारत अन्तरिम व्यापार सम्झौताको घोषणा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरी मा सुरु गरेको अमेरिका-भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् ।
खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक तराईसँग सिधा यातायातमा जोडियो
खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोसीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो।
मस्कको नयाँ कदमः अन्तरिक्षमा डाटा सेन्टर र एआई
एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गर्नु भएको छ । करिब एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट चल्ने सूचना केन्द्र निर्माण गरिनेछ, जसले कृत्रिम बुद्धिमत्ता प्रणाली र संवादात्मक कार्यक्रम सञ्चालन गर्दा विजुली संकट रोक्न मद्दत गर्ने छ ।
सप्तरीमा बेवारिसे वस्तु विस्फोट हुँदा चार बालक घाइते
सप्तरीको रुपनी गाउँपालिका–६, दुधैला खोलामा शनिबार शङ्कास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् ।
आमा र नवजात शिशुका लागि खतरनाक अफगानिस्तान : राष्ट्र सङ्घ
अफगानिस्तान अत्यधिक उच्च मृत्यु दर र निरन्तर आर्थिक अवरोधका कारण आमा र नवजात शिशुका लागि विश्वको सबैभन्दा खतरनाक देश मध्ये एक बनेको संयुक्त राष्ट्र सङ्घको जनसङ्ख्या कोष (यूएनएफपिए) लाई उदृत गर्दै शनिबार स्थानीय मिडियाले रिपोर्ट गरेका छन् ।
हिंसात्मक आक्रमण स्वीकार्य छैनः संयुक्त राष्ट्र सङ्घ
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गर्नु भएको छ ।
प्रधानसेनापति खुला म्याराथनमा सेनाका रोकाय प्रथम
‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा’ नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गर्नुभएको छ ।
टी–२० विश्वकप : पाकिस्तानको सुखद सुरुवात
पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हरायो ।