• २४ माघ २०८२, शनिबार

आमा र नवजात शिशुका लागि खतरनाक अफगानिस्तान : राष्ट्र सङ्घ

blog

काबुल, माघ २४ गते । अफगानिस्तान अत्यधिक उच्च मृत्यु दर र निरन्तर आर्थिक अवरोधका कारण आमा र नवजात शिशुका लागि विश्वको सबैभन्दा खतरनाक देश मध्ये एक बनेको संयुक्त राष्ट्र सङ्घको जनसङ्ख्या कोष (यूएनएफपिए) लाई उदृत गर्दै शनिबार स्थानीय मिडियाले रिपोर्ट गरेका छन् ।

युएनएफपिएको प्रतिवेदन अनुसार अफगानिस्तानमा प्रति एक लाख जीवित जन्ममा ५२१ नवजात मृत्युको रेकर्ड गरेको छ, जुन एसिया-प्रशान्त क्षेत्रमा तथा विश्वव्यापी रूपमै सबैभन्दा उच्च मृत्युदर हो ।

एजेन्सीले हाल अफगानिस्तानमा करिब ५०० परिवारलाई स्वास्थ्य सेवा दिएको छ भने २०२६ मा लगभग ४५ लाख मानिसलाई दुर्गम र कम सेवा भएका क्षेत्रमा विशेष ध्यान दिएर आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने योजना बनाएको छ । कोष र प्रशिक्षित चिकित्सा कर्मचारीको निरन्तर अभावले रोकथाम योग्य रोगबाट हुने मृत्यु घटाउने प्रयासलाई चुनौती दिइरहेको जनाइएको छ । रासस/सिन्ह्वा