सप्तरीमा विस्फोटबाट घाइते बालकको सफल शल्यक्रिया
सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार भएको शंकास्पद वस्तुको विस्फोटमा परी घाइते चार जना बालकको सफल शल्यक्रिया गरिएको छ। घाइते बालकहरूको शरीरबाट शल्यक्रिया गरी छर्रा निकालिएको हो।
असी करोड राजस्व सङ्कलन
मकवानपुरको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजार रुपियाँले बढी हो ।
निर्वाचनले बढाउँदै इन्धन खपत
बजारमा पेट्रोलियम पदार्थको खपत बढ्न थालेको छ । आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा डिजेल पेट्रोलको खपत बढ्न थालेको हो । चुनाव प्रसारप्रसारमा चारपाङ्ग्रे गाडी र मोटरसाइकलको प्रयोग बढ्दा पेट्रोलको खपत बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ ।
चुनावी एजेन्डा मात्रै बन्ने सुनथराली विमानस्थल
कालीकोटका राजनीतिक दलले चुनावी एजेन्डाका रूपमा प्रयोग गर्दै आएको सुनथराली विमानस्थलमा अहिलेसम्म जहाज आउन सकेको छैन । २०४२ सालमा निर्माण सुरु भएको यस विमानस्थलको २०७९ मा कालोपत्रेको काम सम्पन्न भएको थियो ।
‘समुन्नति र स्थिरताको नेतृत्व कांग्रेसले गर्छ’
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशका सबै राजनीतिक शक्तिलाई मिलाएर अघि बढाउने क्षमता कांग्रेससँग भएको बताउनुभएको छ । कांग्रेसले काठमाडौँ क्षेत्र नं. ५ मा आयोजना गरेको निर्वाचनसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको र अब समुन्नति र स्थिरताको नेतृत्व गर्ने बताउनुभएको हो ।
जाइका अलमनाईको अध्यक्षमा भुसाल
जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज( जेएएएफएससी) को अध्यक्षमा नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का अध्यक्ष डा. रामचन्द्र भुसाल निर्वाचित हुनुभएको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७६ पैसा र बिक्रीदर १४५ रुपियाँ ३६ पैसा तोकिएको छ ।
दलका एजेन्डा पर्यटन विकास
राणाशासनदेखि नै सुरु भएको नेपालको पर्यटन अहिले सबैभन्दा बढी लगानी भएको क्षेत्रका रूपमा उभिएको छ । बाह्य जगत्सँग नेपालको सम्बन्ध स्थापित भएसँगै सुरुवात भएको नेपालको पर्यटन उद्योग अहिले आर्थिक विकासको मेरुदण्डको अवस्थामा उभिएको छ ।
अत्याधुनिक ‘डेटा सेन्टर’ निर्माण हुँदै
सरकारले मुलुकको पहाडी क्षेत्रको ‘डिजिटल कनेक्टिभिटी’ मा सुधार ल्याउने उद्देश्यसहित पुष्पलाल (मध्यपहाडी) राजमार्ग क्षेत्रमा अत्याधुनिक ‘डेटा सेन्टर’ निर्माण प्रक्रिया सुरु गरेको छ । सरकारले सूचना प्रविधि विभाग अन्तर्गतको एकीकृत डेटा व्यवस्थापन केन्द्रमार्फत निर्माण प्रक्रिया सुरु गरेको हो ।
आज तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्रिय सभा अधिवेशन अन्त्य गर्ने तयारी
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुन लागेको छ । निरन्तरता दिन पर्याप्त कार्यसूची नरहेको र प्रतिनिधि सभा सदस्यको निर्वाचनसमेतलाई ध्यानमा राखेर अधिवेशन अन्त्य हुन लागेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनका बेला काठमाडौँमै बस्नुपर्ने भएकाले राष्ट्रिय सभाका सदस्यको समेत अधिवेशन अन्त्य गर्न सुझाव छ ।
अब सम्झनामा मात्र ‘राते काइँला’
माघ २४ गते काठमाडौँको बिहानी आकाश अलिक धमिलो थियो । ठिहीले कामिरहेको सहर पूर्ण रूपमा ब्युँझिन नपाउँदै एउटा खबरले मुटु नै चिसो बनाइदियो, ‘राते काइँला अब रहेनन् ।’ नेपाली चलचित्रको पर्दामा जसको नाम सुन्नेबित्तिकै दर्शकको आङ जिरिङ्ङ हुन्थ्यो, जसको एउटै हेराइले । नायकको वीरतालाई समेत चुनौती दिन्थ्यो, तिनै सुनील थापा शनिबार सधैँका लागि मौन हुनुभएको छ ।
मतपत्र यसै सातादेखि जिल्लामा
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि छापिएको मतपत्र यही महिनाको अन्तिमबाट सम्बन्धित जिल्लामा पठाइने भएको छ । निर्वाचन आयोगले यसबारे तयारी गरिरहेको छ ।
प्रतिस्पर्धाको मैदानमा तीन पूर्वप्रधानमन्त्री
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशको कार्यकारी नेतृत्व समालेका तीन जना शीर्ष नेता प्रतिनिधि सभा निर्वाचनमा तीन भिन्न निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्युनिस्ट पृष्ठभूमिका तीन पूर्वप्रधानमन्त्रीले उम्मेदवारी दिएर प्रचारप्रसारमा होमिएका हुन् ।
निर्वाचनको माहोल देशव्यापी
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको माहोल उल्लासका साथ देशव्यापी रूपमा अघि बढेकोे छ । निर्वाचनलाई बाध्यकारी बनाउनभन्दा पनि जनताको सुन्दर भविष्यका लागि मनाइने उत्सवमा परिणत गर्न सरकार, सबै सुरक्षा निकाय, निर्वाचन आयोग र निर्वाचन कार्यालयलगायत सबै निकाय सक्रियताका साथ लागिपरेका छन् । सरकारमातहत रहेर निर्वाचन आयोगले गर्नुपर्ने तयारी अगाडि बढिरहेको आयोगले जनाएको छ । सातै प्रदेशका ७७ वटै जिल्लामा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिर
उम्मेदवार ढुंगानाको निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक
कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवार रहनुभएका नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले मतदातामाझ आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
इलाममा ५ म्याग्निच्युटको भूकम्पको धक्का
आज शनिबार साँझ ६ः५० बजे इलाम जिल्लाको नयाँबजार (माईजोगमाई) क्षेत्रमा रेक्टर स्केलको ५ म्याग्निच्युटको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले यस भूकम्पको पुष्टि गरेको हो।
फनपार्कको रेलगाडी दुर्घटना हुँदा चार घाइते
झापाको कनकाई नगरपालिका–२ स्थित ह्याप्पील्यान्ड फनपार्कमा रेलगाडीको डब्बा खस्दा चारजना गम्भीर घाइते भएका छन् ।
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिनुभयो ।
‘निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो’
निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताउनुभएको छ ।
आयोगद्वारा मतदान केन्द्रहरुमा मतपेटिका पठाउने तयारी
कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रमा मतपेटिका पठाउन मतपेटिका व्यवस्थापन गर्दै कर्मचारी।
काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा
सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ ।
महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ
विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ ।
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) का अध्यक्ष डा रामचन्द्र भुसाल निर्वाचित हुनुभएको छ ।