बर्दियामा ९२ प्रतिशत रोपाइँ सम्पन्न
पश्चिम नेपालको बर्दिया जिल्लामा असार महिना सकिँदासम्ममा ९२ दशमलव ८७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । बर्दियामा धान खेती हुने ५० हजार दुई सय हेक्टर जमिन मध्य असार मसान्तसम्ममा ४६ हजार ५७८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको हो ।
माग सुनुवाइ नभएपछि पैसा सङ्कलन गरेर तटबन्ध
कैलालीको भजनी नगरपालिका–४ झलझलियाका स्थानीयले घरबाट पैसा सङ्कलन गरेर नदीमा जैविक तटबन्ध बनाएका छन् । नदी कटान नियन्त्रणका लागि गरेको याचना कुनै पनि तहको सरकारले नसुनेपछि उनीहरुले प्रत्येक घरबाट रकम सङ्कलन गरेर कान्द्रा नदीमा जैविक तटबन्ध बनाएका हुन् ।
साउने सङ्क्रान्ति राँको बालेर लुतो फालियो
हिमाली जिल्ला मुगुमा हरेक वर्ष झैँ यस वर्ष पनि परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने सङ्क्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाइएको छ ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण भएको छ ।
चौध वटा पक्की पुल निर्माण
बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लामा यो वर्ष चार वटा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
तान्त्रिक झाँक्री सङ्घलाई शिविर सञ्चालन गर्न प्रशासनको अनुमति !
नेपालमा धामी, झाक्री, तन्त्रमन्त्रलाई, जादु टुनामुनालाई कानुनले चिन्दैन । कानुनको दायरा भित्र रहेर यस्ता गतिविधि गर्न कसैलाई छुट पनि छैन । तर नवलपुरमा भने बिरामीहरुलाई उपचार गर्नका लागि भन्दै खुलमखुल्ला १० दिने तान्त्रिक झाक्री शिविर सञ्चालन हुने भएको छ ।
रोकियो भूमिगत विद्युतीकरणको काम
भरतपुर महानगरपालिकाको मुख्य क्षेत्रमा निर्माणाधीन भूमिगत विद्युतीकरणको काम बर्सातको समयमा रोकिएको छ । भूमिगत काम गर्न बर्सातमा समस्या भएको र सडक डिभिजन कार्यालयले सडक तथा पेटी खन्न नदिएपछि काम रोक्नु परेको हो ।
भेरी अस्पतालमा एक हजारभन्दा बढीकोे घुँडाको जटिल शल्यक्रिया सफल
भेरी अस्पताल नेपालगन्जमा एक हजारभन्दा बढी बिरामीको घुँडाको जटिल प्रकारका शल्यक्रिया गरिएको छ । यसअघि राजधानी काठमाडौँबाट प्रविधि र दक्ष जनशक्ति निम्त्याएर गरिने उक्त शल्यक्रिया गत केही समयदेखि भेरी अस्पतालकै चिकित्सकहरुले सफलतापूर्वक गरिरहनु भएको भेरी अस्पतालले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार सुस्त
गत पुस १७ गतेदेखि काम सुरु गरिएको पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत कमला–पथलैया खण्डको छ महिनामा १० प्रतिशत काम भएको छ ।
वनक्षेत्रको अतिक्रमण हटाइयो
डिभिजन वन कार्यालय धनुषाले करिब ३० हेक्टर अतिक्रमित वनक्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा बाली हटाएर वनको स्वामित्वमा रहेको जमिन फिर्ता लिइएको हो ।
बर्दिबासमा आन्तरिक राजस्व कार्यालय, चार जिल्लाका करदातालाई सहज
बर्दीबासमा स्थापना भएको करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गरिएको छ ।
ज्यालादारी कर्मचारीलाई काममा नलगाउन निर्देशन
रौतहटको दुर्गा भगवती गाउँपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई कामकाजमा नखटाउन मातहतका कार्यालय तथा शाखालाई निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय तथा शाखा प्रमुखलाई यस्तो परिपत्र गरेको हो ।
महानगरपालिकाको आयमा छैन सुधार
विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ७६ लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको थियो ।
निःशुल्क सेवा बन्द गरेर उठाउन थालियो शुल्क
कोशी प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा चिकित्सक परिचालनसम्बन्धी निर्णय विवादित बनेको छ । कानुनी प्रक्रिया मिचेर सवारीचालक अनुमतिपत्र वितरण गर्दै आएका यातायात कार्यालयले नयाँ चिकित्सक परिचालन गरेपछि विवाद चुलिएको हो ।
सप्तरीमा ३० प्रतिशत रोपाइँ
सप्तरीमा साउन पहिलो सातासम्ममा ७५ प्रतिशत रोपाइँ सकिसक्नुपर्नेमा यसपालि ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
मुद्दा फर्स्योटमा उल्लेख्य सुधार
उच्च अदालत पोखराले आर्थिक वर्ष २०८२/८३ मा ७८ प्रतिशतका दरले मुद्दा फस्र्योट गरेको छ । उच्च अदालतको तथ्याङ्क अनुसार मुद्दा फस्र्योटको दर यस वर्ष वृद्धि भएको पाइएको हो ।
गरियो मानव जातिको उन्नतिको कामना
पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । यहाँको मगर समुदायले असारको काम सकेर मानव जातिको उन्नतिको कामना गर्दै असारे वा साउनेसङ्क्रान्ति पर्व धुमधामले मनाउने परापूर्वकालदेखिको परम्परा अझै जीवित छ ।
बालबालिकामा कुपोषण देखिँदै
पाल्पामा कुपोषित हुने बालबालिकाको सङ्ख्या हरेक वर्ष बढ्दो छ । स्वास्थ्य कार्यालय पाल्पाले अघिल्लो वर्ष जिल्लाभर २८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएकोमा आव २०८१/८२ मा बढेर ४१ जनामा कडा खालको कुपोषण पुष्टि भएको जनाएको छ ।
भिरबाट लडेर एक युवाको मृत्यु
रुकुमपश्चिमको बाँफिकोटमा एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका १ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति भिरबाट लडेर मृत्यु भएको हो ।
मुक्त कमैयाको पीडा : न परिचयपत्र छ, न त लालपुर्जा
दुई दशकभन्दा बढी समय जमिनदारको घरमा कमैयाको जीवन बिताएका बाबुराम चौधरी कमैया मुक्तिको घोषणा हुँदा धेरै खुसी हुनुभएको थियो । घोराही उपमहानगरपालिका–१६ स्थित कमैया शिविरमा बस्दै आउनुभएका बाबुराम कमैयाबाट मुक्त भएको २५ वर्ष बितिसक्यो तर अहिलेसम्म पनि उहाँ लालपुर्जाको पर्खाइमा हुनुहुन्छ ।
लागुऔषधका घटना वृद्धि
२०८१ असोज २२ गते घोराही उपमहानगरपालिका–१८, मसिनाबाट प्रहरीले अफिम र चरेससहित तीन जनालाई पक्राउ ग¥यो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले मसिनास्थित बिनी पुनको डेरामा खानतलासी गर्दा ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम बरामद गरेको थियो ।
पूर्वसूचना प्रणाली जडान
बर्दियाको गुलरिया नगरपालिका–१२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र भैसाही गाउँलाई बाढीबाट जोगाउन नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बाढी पूर्वसूचना प्रणाली जडान गरिएको छ ।