शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २४ गते । आज शनिबार साँझ ६ः५० बजे इलाम जिल्लाको नयाँबजार (माईजोगमाई) क्षेत्रमा रेक्टर स्केलको ५ म्याग्निच्युटको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले यस भूकम्पको पुष्टि गरेको हो।
भूकम्पको केन्द्रबिन्दु नयाँबजार (माईजोगमाई) नजिक रहेको केन्द्रले जनाएको छ । भूकम्पको तीव्रता र प्रभावित क्षेत्रको बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।