कल्याणपुरको नेपाल बैंकमा चोरी
सप्तरीको खडक नगरपालिका– ७ मा रहेको नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखमा चोरी भएको छ ।
मकवानपुरगढी दरबारबाट देखिएको गुम्बा
१७ औं शताब्दीमा निर्मित मकवानपुरगढी दरबारबाट देखिएको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित साङगेछ्योली गुम्बा ।
ताप्लेजुङमा जिप दुर्घटना : नौ जना घाइते
ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुदेखि सदरमुकाम फुङ्लिङतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
तिनाउ नदीमा डुबेर भारतीय नागरिक बेपत्ता
पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ नदीमा डुबेर भारतीय नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत महाराजगन्ज नौतुनवा बस्ने १८ वर्षीय सोयव अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अब्बल बन्दै प्रकाश माध्यमिक विद्यालय
बेनी आसपासका सामुदायिक विद्यालयहरु सङ्कटमा परेका बेला प्रकाश माध्यमिक विद्यालयले भने समाजमा आशा जगाउन थालेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यालय प्रशासन र अभिभावकको इच्छाशक्ति भए सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्दो रहेछ भन्ने गतिलो उदाहरण प्रकाश माविले प्रस्तुत गरेको छ ।
चट्याङ लागेर जुम्लामा एक महिलाको मृत्यु
जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ८ निवासी अन्दाजी २७ वर्षीया कल्पना सिंह (शाही)को चट्याङ लागेर मृत्यु भएको हो ।
परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्षबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ ।
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताउनुभएको छ ।
सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा रु २० ले घटेको छ ।
काठमाडौंसँगै जोडिएको तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
हेटौँडा, जेठ ९ गते । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन् । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ ।नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छभने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन् । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ । नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान छ । लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन् । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ ।नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि छन् । यस बस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो ।एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताउनुभयो । उहाँका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “हामीले बोल्ने नेवारी भाषा काठमाडौँमा बोलिने भाषाभन्दा फरक छ”, उहाँ थप्नुहुन्छ, “शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ ।” उहाँका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन् ।त्यसैगरी,ै यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताउनुभयो । थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उहाँ सम्झनुहुन्छ । तत्कालीन जनयुद्धमा छोरी गुमाउनुभएकी उहाँलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउनुहुन्छ । उहाँका अनुसार यहाँ पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उहाँको भनाइ छ ।थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिनुभयो । यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुञ्छाललाई एउटा जीवित सङ्ग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ ।” मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिनुभयो ।नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ । महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो । बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।पदयात्राको सम्भावनाथाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौँबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै करिब तीन घण्टामा पुग्न सकिन्छ । टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरू गर्न सकिन्छ । बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ । वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हुँदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ ।वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर छ । वाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ ।
प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्नुहुन्छ ।
पञ्चाङ्ग यसरी बन्छ
नेपाली सनातन समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यका लागि पञ्चाङ्ग प्रयोग गरिन्छ । ज्योतिषशास्त्रमा तिथि–बार–नक्षत्र–योग–करणको एकीकृत रूपलाई पञ्चाङ्ग भन्ने गरिएको छ । जसलाई बोलीचालीको भाषामा पात्रो भनिन्छ ।
डोलामा चढेर मुक्तिनाथ दर्शन
समुद्री सतहदेखि ३७१० मिटर उचाइमा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीको एक महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पूजासंगै दर्शन गर्न दैनिक हजारौँ भक्तजन पुग्ने गर्दछन् । हिमाली जिल्लामा रहेको मुक्तिनाथ मन्दिरमा नेपाली तथा भारतीय भक्तजनको भिड हुने गर्दछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
‘मध्यपहाडी लोकमार्ग मेरै प्रस्ताव हो’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्यपहाडी लोकमार्ग आफ्नै प्रस्तावमा बनेको दाबी गर्नुभएको छ ।
गाउँपालिकाबिच भगिनी सम्बन्ध
बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।
भोजपुरको कोटमा प्रसूति भवन निर्माण
टेम्केमैयुङ–६ को प्रयासमा रु २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ ।
पाँच वर्षमा त्रिसट्ठी जनाको मृत्यु
गत वैशाख १५ गते गुलरिया नगरपालिका–८ मा मामाघर आएकी नौ वर्षीय बालिका मेलिना खड्काको सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणमा परी मृत्यु भयो ।
अपाङ्गता भएकालाई भारतमा लगेर कृत्रिम अङ्ग
कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफरलगायतका सहायक सामग्री) जोड्नका लागि भारत लगेको छ ।
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ ।
उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती, राजनीतिमा पनि सक्रिय
पर्वत, जेठ ९ गते । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि या अन्य पेशालाई चटक्कै छाडेर भ्रष्टचार गरी आम्दानी गर्ने लोभतिर लागेको पाइन्छ तर यो उदाहरणको विपरीत निर्वाचित जनप्रतिनिधिसँगै जनताको काम सकेर कृषि पेसा अँगाल्ने उदाहारण पनि भेटिएको छ । पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिनुभएको छ । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आउनुभएको छ । उहाँको काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।विगत दुई दशकदेखि व्यावसायिक कृषिमा होमिनुभएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्नुहुन्थ्यो । उहाँले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्नुहुन्थ्यो । जब २०७९ सालको निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभयो त्यसपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्राखेतीमा लाग्नुभएको हो । क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आउनुभएको हो । अहिले उहाँले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गर्नुभएको छ । उहाँले हरेक वर्ष रू. पाँचदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आउनुभएको छ । उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उहाँको पेसामा श्रीमान् सोमबहादुरले साथ दिनुभएको छ । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गर्नुभएको छ । “हाम्रो परिवारले मात्र रू. सात लाखसम्मको बीउ, बिक्री गर्छौँ, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ”, उपप्रमुख क्षेत्रीले भन्नुभयो, “जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु” जनप्रतिनिधिको कर्मचारीजस्तो बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्मको कार्यसमय हुँदैन, साँझबिहान जतिबेला पनि जनताको सेवामा जानुपर्छ, कहिलेकाहीँ खाली रहेको समय तरकारी र गोठमा पालेका वस्तुभाउको स्याहारसुसारमा पनि लाग्ने गरेकी छु ।”कृषिकर्म गरेर कोही पनि सानो नहुने बताउँदै उपप्रमुख क्षेत्री जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही पेसालाई व्यावसायिक रूपमा अँगाल्न आफूले सुझाव दिने गरेको बताउनुहुन्छ । उहाँले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गर्नुभयो । उहाँ तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी हुनुभएको हो । उहाँसँग कृषिको करिब दुई दशक लामो साइनो र सङ्घर्ष छ । क्षेत्रीले भन्नुभयो, “म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु ।” क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालदेखि सुरू भएको थियो । सुरूमा होटल व्यवसाय गर्नुभएकी क्षेत्रीले किराना पसलसँगै सुरू गरेको होटलमा दूधको माग बढेपछि गाई पाल्न थाल्नुभएको हो । विसं २०७० मा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि उहाँ त्यसको संस्थापक सचिवसमेत बन्नुभएको थियो । बीस जना सेयर सदस्यबाट रु. पाँच हजारका दरले लगानी गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सहकारीमा आबद्ध गर्नुभएकी क्षेत्रीको पहलमा अहिले उक्त गाउँका झण्डै सात सय किसानले व्यावसायिक पशुपालन गरेर दूध बिक्री गर्दै आएका छन् ।काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गर्नुहुन्छ । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक रु दुई लाखभन्दा बढीको आम्दानी गर्नुभएकी उहाँले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताउनुभयो । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उहाँको भनाइ छ । आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोर्याउने उहाँको इच्छाले समेत सार्थकता पाउँदै गएको उहाँको भनाइ छ । “सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यवासायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक रू. छ करोड भित्रिने गरेको छ ।
आजको लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा ल्याउन थालेका छन् ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।