• ३ चैत २०८२, मङ्गलबार

निर्वाचनका क्रममा दाङका सबै सीमा नाका बन्द हुने

blog

सन्तोष दहित

दाङ, फागुन १३ गते ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न दाङका सबै सीमा नाका बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङले फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते बिहीबार राति १२ः०० बजेसम्म भारतसँग जोडिएका सबै सीमा नाका बन्द रहने जानकारी दिएको हो । 

प्रशासनका अनुसार निर्वाचन अवधिमा असुरक्षा, अवाञ्छित गतिविधि र अवैध ओसारपसार रोक्नका लागि सीमा नाका बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले हस्ताक्षर गरेको सूचनामा दाङ जिल्लाभित्रका सम्पूर्ण नाका उक्त अवधिसम्मका लागि बन्द रहने उल्लेख गरिएको छ।