घरभित्र पसेको गोमन सर्प
दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरभित्र पसेको गोमन सर्प ।
भूमिहीन दलित, सुकुम्बासीलगायतलाई जग्गाधनी पुर्जा वितरण
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण सुरू गर्नुभएको छ ।
‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर ९एनएस०’को प्रमाणपत्र अनिवार्य बनाइनुपर्ने बताउनुभएको छ ।
मुक्त कमैयालाई कसैले उठाउँछ भने त्यसको प्रतिवाद गर्छु : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बसेको ठाउँबाट मुक्त कमैयालाई कसैले उठाउन खोजे त्यसको प्रतिवाद आफूले गर्ने बताउनुभएको छ।
लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ ।
एमाले पोलिटब्यूरोमा पदाधिकारी संख्या घटाउने प्रस्तावमाथि छलफल
एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार १५ सदस्यीय पदाधिकारी, २५१ सदस्यीय केन्द्रीय कमिटी र यसको एक तिहाइ पोलिटब्यूरो रहने गरी भएको प्रस्तावमाथि छलफल भएको छ।
मुन्धुम स्थलमा आयोजना निर्माण गरेको भन्दै माथिल्लो तमोर निर्माण रोक्न माग
ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले प्रदर्शन गरेका छन् । निर्माणाधीन आयोजनाको काम रोक्नुपर्ने माग गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शुक्रवार प्रदर्शन गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि गौरीगङ्गाको सेवा प्रभावित
कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटिएपछि सेवा प्रभावित भएको छ। नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले बिहीबार धर्मानन्दलाई कार्यकक्षमा नै कुटपिट गरेपछि शुक्रवार सेवा प्रभावित भएको हो।
नवलपुरबाट ३० अर्ब ६९ करोड राजस्व संकलन
नवलपुरबाट आर्थिक वर्ष २०८१–८२ मा ३० अर्बभन्दा बढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा संघीय तथा प्रदेश सरकारलाई हस्तान्तरण हुने ३० अर्ब ६९ करोड ६६ हजार ५६ लाख ६३८ रुपियाँ राजस्व संकलन भएको हो ।
भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० क्रिकेट खेलाडीको नाम घोषणा
पाल क्रिकेट संघ (क्यान)ले भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० क्रिकेट खेलाडीको नाम घोषणा गरेको छ।
स्वास्थ्यमन्त्री पौडेलको एक वर्ष: स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्षको अवधिमा सङ्घीय अस्पतालको सेवा सुधार विस्तारदेखि स्वास्थ्य बीमा सुधारमा प्रशस्त प्रयासको नतिजास्वरुप परिवर्तन देखिन थालेका छन् । यसबीचमा स्वास्थ्य क्षेत्रमा सुधारका लागि सयौँ नीतिगत निर्णय गरेका छन्भने केही ऐन तथा कानुन आउने प्रक्रियामा छन् । सिकसेल एनिमिया तथा हेमोफिलियाजस्ता जटिल रोगमा विपन्न नागरिकको उपचारका लागि निःशुल्क उपचारका साथै बाल क्यान्सर र नेपालमा औषधि प्राप्त गर्न कठिन जटिल क्यान्सरका बिरामीलाई निःशुल्क उपचारको व्यवस्थालगायतका सुधार अघि बढेको छ ।
‘आशावादी मान्छे मात्र सफल हुन्छन्’
काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलको विश्वास गर्ने, सपना देख्ने र आशावादी मान्छे मात्र सफल हुने बताउनुभएको छ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा ‘फिनिक्स इन्स्पिरेशन’ ले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन २०२५’ मा सम्मानित भएपछि संक्षिप्त मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन युआन पुग्ने अनुमान
चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ प्रतिशतले वृद्धि भएको छ ।
मधेसमा बढ्यो सुख्खा क्षेत्र, अध्ययन गर्न टोली परिचालन
मधेस प्रदेशका ८ जिल्लाहरूमा सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली पठाउने भएको छ । हालको अवस्था , समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिकको टोली पठाउने निर्णय भएको हो ।
एमाले पोलिटब्यूरो बैठक शनिबार बस्ने गरी स्थगित
नेकपा (एमाले)को पोलिटब्यूरो बैठक शनिबार बस्नेगरी स्थगित भएको छ। बैठक शनिबार बिहान ११ बजे बस्नेछ।
स्याउ किसानद्वारा शिखर इन्स्योरेन्समा तालाबन्दी
जुम्लाका स्याउ किसानहरूले शिखर इन्स्योरेन्स कम्पनीको कार्यालय जुम्लामा तालाबन्दी गरेका छन् । बिमा रकम भुक्तानीको माग गर्दै किसानहरूले तालाबन्दी गरेका हुन् ।
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते
जिल्लाको सिमकोट गाउँपालिका– १ को दोजाम स्थित बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। १५ जना सवार रहेको सो ट्याक्टर शुक्रबार अपरान्ह दुर्घटना भएको हो।
वामदेव गौतम नेकपा एसमा समाहित
नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ ।
दोस्रो विश्वयुद्धको जापानी युद्धपोत सोलोमन टापुबाट फेला
एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले युद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा सोलोमन टापुहरूको गहिरो समुद्री सतहमा दोस्रो विश्वयुद्धको जापानी विध्वंसक पोत फेला पारेको छ ।
बर्दियाका आठ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने
नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार छैनः इरान
आणविक वार्तामा प्रगति नभए आगामी महिनाहरूमा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः सक्रिय गर्ने धम्की दिएपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्ना युरोपेली समकक्षीहरूलाई शुक्रबार इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार नरहेको बताउनुभएको छ ।
इयू प्रतिबन्ध ‘अवैध’ रहेको र उल्टो प्रतिफल दिने रुसको भनाइ
रुसको अर्थतन्त्रमा युरोपेली सङ्घ (इयू) को नयाँ प्रतिबन्धको प्रभावलाई मस्कोले शुक्रबार चुनौती दिएको छ ।
सङ्कलनभन्दा रगतको माग अत्यधिक
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जमा गत आर्थिक बर्ष २०८१–८२ मा १५ हजार ८९३ पिन्ट रगत विभिन्न दाताहरुबाट सङ्कलन भएको थियो ।
जापान र इयूका अधिकारीबिच शिखर वार्ता हुने
जापान र युरोपेली सङ्घ (इयू) बिच अर्को साता शिखर वार्ता हुने भएको छ । सम्मेलनमा युरोपेली सङ्घ (इयू)का प्रमुख उर्सुला भोन डेर लेयेन सहभागी हुने अपेक्षा गरिएको छ ।