• २४ माघ २०८२, शनिबार

ऐना (कविता)

blog

विश्वासको चौतारी भत्किएको छ

बिरक्तिएको घाउ निको पार्ने बहानामा

भ्रमको गीत बेसुरे छ जताततै

हाँस्दा पनि उपहास गर्नेहरूको भिड

रुँदा काखी बजाउनेहरूको भिड

संसारको चलन नै यस्तो छ ।

कोही कसैको नहुने समयमा

आड, भरोसा र विश्वास

ऐनाबाहेक कहाँ कोही हुन सक्छ र ?

ऐना त प्रतिविम्ब हो यथार्थको

आफ्नो प्रतिछाया जस्ताको तस्तै देखाउने

रुँदा रुने, हाँस्दा हाँस्ने

नपत्याए ऐनाअगाडि आफूलाई उभ्याएर हेर त

हाँसेर हेर, रोएर हेर र लजाएर हेर

हरेक व्रिmयाकलापमा सामेल ऊ ।

विश्वास गरेर सबै कुरा भन त ऐनालाई

कसैलाई भन्दै भन्दैन

ऐनाको जस्तो स्वभाव कसको हुन्छ र ?

आमा हजुरआमाले भनेको

झलझली सम्झिरहेछु यसबेला

आफ्नो पिर कसैलाई नसुनाउनु

रुनुपर्दा बरु ऐनाअगाडि वह पोख्दै रुनु ।