रावत रावत
हुम्ला, चैत ८ गते । ट्याक्टर दुर्घटनामा परि जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएका चालक नरेन्द्र सुनारको पोष्टमार्टम अहिलेसम्म हुन सकेको छैन।
प्रहरी निरीक्षक युवराज ढकालका अनुसार, मृतकका परिवारले क्षतिपूर्ति पूरा नभएसम्म अन्य कार्य अगाडि नबढाउन आग्रह गरेका कारण पोष्टमार्टम रोकिएको हो। मृतकका परिवार र ट्याक्टर धनीबीच क्षतिपूर्ति र मिलाउने प्रयास भइरहेको छ। कुरा मिल्ने बित्तिकै लाशको पोष्टमार्टम र शव परिवारलाई बुझाउने कार्य हुनेछ।
ट्याक्टर दुर्घटना गत शुक्रबार बेलुका सिमकोट–६, ग्वालढुस्कामा भएको थियो। सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। गम्भीर घाइते भएका सुनारलाई जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
चिकित्सकले उपचार सम्भव नहुने भएकाले रिफर गरे पनि अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको थियो। जिल्ला अस्पतालमा शव सुरक्षित राखिएको छ।