• २३ माघ २०८२, शुक्रबार

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन

blog

फाइल तस्बिर

सन्तोष सुवेदी
कास्की, माघ २३ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार कास्कीमा दुई हजार आठ, तनहुँमा एक हजार पाँच सय ७३, गोरखामा दुई हजार दुई सय चार, मनाङमा दुई सय ३३, मुस्ताङमा दुई सय ६६, लमजुङमा एक हजार दुई सय १०, स्याङ्जामा एक हजार नौ सय ४७, नवलपुरमा एक हजार पाँच सय ४३, म्याग्दीमा सात सय ६५, बागलुङमा एक हजार दुई सय ९८८ र पर्वतमा नौ सय ६५ जना निर्वाचन प्रहरी परिचालन हुने छन् । एघार वटै जिल्लामा निर्वाचन प्रहरीको छनोट भई नियुक्ति र तालिम प्रक्रिया सुरु भइसकेको छ ।

नेपाल प्रहरीतर्फ गोरखामा एक हजार तीन, मनाङमा एक सय ६३, लमजुङमा छ सय छ, कास्कीमा नौ सय ५७, तनहुँमा आठ सय ३८, स्याङ्जामा नौ सय ४०, नवलपुरमा आठ सय १८, मुस्ताङमा दुई सय दुई, म्याग्दीमा चार सय ११, बागलुङमा छ सय ५८ र पर्वतमा चार सय ३९ जना खटिने छन् ।

लेखक बाट थप