शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
त्रिवेणी (रुकुम पश्चिम), चैत १ गते । जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो । मिस्त्री काम गरी घर फर्किने क्रममा हावाहुरीका कारण ओखरको रुखको हाँगा भाच्चिएर लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
घटनाको खबर पाएलगत्तै प्रहरीचौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर रावत नेतृत्व तीन जनाको टोली घटनास्थल पुगेको उहाँले बताउनुभयो । रासस