व्यङ्ग्यात्मक कथाका सङ्ग्रह ‘भेटी’
विष्णु पन्थी ‘विनु’ द्वारा लिखित ‘भेटी’ लघुकथासङ्ग्रह लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित उक्त लघुकथासङ्ग्रह लघुुकथा मञ्चका संरक्षक डा. विदुुर चालिसे, संस्थापक अध्यक्ष घनश्याम ढल्लाकोटी र लेखक स्वयम्ले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।
‘सम्पदा संरक्षणमा नगर प्रहरीको भूमिका महत्वपूर्ण’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदाको सहर ललितपुर महानगरको नगर प्रहरीले सम्पदा संरक्षणदेखि विपत्मा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
गाउँ ब्लाक जग्गा फुकुवा कार्यान्वयनको माग गर्दै धर्नामा
लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँ ब्लक संघर्ष समिति लहानले गाउँ ब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै धर्नामा बसेको छ ।
देवीदेवतामा समर्पित चर्यानृत्य
देवीदेवतामा समर्पित नृत्यचर्यानृत्यको आयोजना गरिएको छ । वज्र कलाकुञ्जद्वारा शनिबार राजधानीमा आयोजित ‘महानगर चर्या डान्स गाला–२०८२’ मा काठमाडौँ, ललितपुर, भक्तपुर र धरानको चर्यानृत्य टोलीले सहभागिता जनाएका हुन् ।
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम बागलुङका पौंदेलीहरुले ‘न्वागी’ पर्व मनाउँदै
पश्चिम बागलुङका पौंदेलीहरुले आइतबार न्वागी पर्व मनाउँदै छन् । पौंदीबासीले विसं. १७३४ सालदेखि न्वागी पर्व मनाउँदै आएका छन् । न्वागी पर्वमा बडिगाड–५ को खार बजारमा दस दिने मेला समेत आयोजना गरिएको छ ।
निजी क्षेत्रको छत्तिस अर्बसहित कुल छयहत्तर अर्बको क्षति
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मुलुकभर करिब ७६ अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ ।
फुङ्लिङमा चासोक तङ्नामको बिदा
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाममा स्थानीय बिदा दिएको छ । याक्थुङ लिम्बूको चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा नगरपालिकाले सोमबार स्थानीय बिदा दिएको हो ।
पाथीभरामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन
प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
कार्बन उत्सर्जन न्यूनीकरणबापत चौरानब्बे लाख अमेरिकी डलर प्राप्त
नेपालले तराईको वन प्रणालीबाट कार्बन उत्सर्जन न्यूनीकरण गरेबापत ९४ लाख अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले लगभग १८ लाख ८० हजार टन कार्बन डाइअक्साइड घटाएबापत विश्व बैङ्कको वन कार्बन साझेदारी सुविधा (एफसिपिएफ) मार्फत उक्त भुक्तानी प्राप्त गरेको विश्व बैङ्कले जनाएको छ ।
रेमिट्यान्स बढ्दा थुप्रियो डलर
विदेशमा रहेका नेपालीले पठाउने रकम बढ्दा मुलुकमा डलरको सञ्चिति निरन्तर बढिरहेको छ । निर्यातमा देखिएको उल्लेख्य वृद्धिले मुलुकभित्र डलर भित्र्याउन थप सहयोग पुगेको तथ्याङ्कले देखाउँछ ।
डिजिटल प्रवर्धन र गुणस्तरीय सेवा विस्तारमा प्रतिबद्धता
नेपाल बैङ्क लिमिटेडले संस्थागत सुशासन, डिजिटल रूपान्तरण र गुणस्तरीय ग्राहक सेवा विस्तारलाई आगामी यात्राको प्रमुख आधार बनाउने प्रतिबद्धता गरेको छ । बैङ्क स्थापनाको ८९ औँ वर्षमा प्रवेशका अवसरमा बैङ्कको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा यस्तो बताइएको हो ।
म्याग्दीमा उत्पादीत सुन्तला बिक्री सुरु
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ४ सुर्केमेला तथा बास्कुना क्षेत्रमा यस वर्ष उत्पादित सुन्तला टिप्न थालिएको छ ।
भाषा परीक्षा आजदेखि
वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षण सोमबार (मङ्सिर १) देखि सुरु हुँदै छ ।
पर्वतीय पर्यटनमा सर्वाधिक सफलता
नेपालमा पर्वतारोहण र पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । नेपालमा खर्चालु पर्यटक भित्र्याउने मुख्य आधार मानिने पर्वतीय पर्यटन (हिमाल आरोहण) मा यस वर्ष पछिल्लो तीन वर्षयताकै सर्वाधिक सफलता मिलेको पर्यटन विभागले जनाएको छ ।
कफीको खपत बढ्दो
आन्तरिक बजारमा कफीको खपत बढ्दै गएको छ । कफीको आयातनिर्यातको आँकडाले त्यस्तो देखाएको छ ।
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपियाँबराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।
नेकपाले सन्देश सभा गर्ने
नेपाली कम्युनिस्ट पार्टीको १२ पार्टी घटकसँग एकतापछि सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।
‘जेनजीको भावना अनुरूप काम गरौँ’
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको भावना अनुरूप र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न आफूमातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
राजनीतिक दल खोल्न उत्साह : १२३ दल दर्ता, ३२ प्रक्रियामा
वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आरम्भमै उनीहरूले आआफ्नो सक्रिय सहभागितामा दल दर्ता गराएका छन् । केही महिनाकै अन्तरालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि उनीहरू दल दर्ता गरेर चुनावी स्पर्धामा उत्रिने तयारीमा छन् ।
माटोबाट कमाउँदै पूर्वशिक्षक
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ का ५३ वर्षीय कृष्ण घिमिरेले अवकाशप्राप्त जीवनपछि पनि उदाहरणीय काम गर्न सकिन्छ भन्ने देखाउनुभएको छ । उहाँले २१ वर्ष शिक्षण गरेपछि अवकाश लिएको एक दशक भयो । जागिर छाडेपछि कृषि र पशुपालनमा लाग्नुभएको घिमिरे अहिले वार्षिक १२ लाख रुपियाँ कमाउँदै आउनुभएको छ ।
उनन्सत्तरी दिनपछि सर्वोच्चमा पूर्ण सुनुवाइ
सर्वोच्च अदालत ६९ दिनपछि नियमित सुनुवाइमा फर्किएको छ । जेनजी आन्दोलनका क्रममा अदालतमा तोडफोड–आगजनी र मिसिल नष्ट भएसँगै भदौ २४ गतेदेखि अदालतको नियमित कामकारबाही रोकिएको थियो । क्रमिक रूपमा सेवा विस्तार गरेको अदालत मङ्सिर १ देखि नियमित सुनुवाइमा फर्किंदै छ ।
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन
मेक्सिकोमा जेनजी आन्दोलन चर्किएको छ । राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शनले राजधानीमा हिंसात्मक रूप लिँदा कम्तीमा १२० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घाइते हुनेमा धेरै जसो प्रहरी अधिकारीहरू रहेका छन् ।