• २० मङ्सिर २०८२, शनिबार

सात प्रहरी चौकी पुनःस्थापना

blog

पाँचथरका ग्रामीण भेगमा गस्ती गर्दै प्रहरी ।

राधा लुइटेल

फिदिम, मङ्सिर २० गते । जेन्जी आन्दोलन चर्कदै जाँदा असुरक्षा बढेपछि विस्थापित भएका पाँचथरका सातवटा प्रहरी चौकी पुनःस्थापना गरिएको छ ।

भदौ २४ गते आन्दोलन भड्किएपछि सदरमुकाम तानिएका ती चौकीको पुनः स्थापना यसै साता गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डिएसपी) अनिषकुमार कर्णले बताउनुभयो ।

उहाँका अनुसार पुनःस्थापना गरिएका चौकीमा प्रहरी चौकी सिंहापुर,अस्थाइ प्रहरी पोष्ट भुल्के, ओयाम, थोक्लिम्बा, आङसराङ, गोपेटार र फलैंचा छन् ।र्

विस्थापित ७ मध्ये ६ वटामा शुक्रबारसम्म प्रहरी पुगिसकेका थिए । शनिबार ओयाममा समेत प्रहरी पुगेर काम गर्न थालेसँगै अब सबै चौकी स्थापित भइसकेका छन’ कर्णले भन्नुभयो ।

प्रहरी चौकीलाई सदरमुकामसहित विभिन्न प्रहरी चौकीमा गाभिएपछि स्थानीयले पुनःस्थापनाको माग गर्दैआएका थिए । सिंहापुर र भुल्केमा विहीबार र अन्य प्रहरी चौकीमा केहिदिन अघि प्रहरी पुगिसकेको कर्णले बताउनुभयो ।

प्रहरी नहुँदा आपराधिक घट्नामा बृद्वि हुनुका साथै निर्वाचन सुरक्षामा समेत प्रभाव पर्ने भन्दै पुनःस्थापना गर्न माग भइरहेको थियो । जिल्लाका नागरिक र राजनैतिक दलका प्रमुखहरुले केहिदिन अघि कोशी प्रदेशका प्रहरी प्रमुख बिनोद घिमिरेको भ्रमणको क्रममा पनि विस्थापित प्रहरी चौकी यथास्थानमा फर्कादिन माग गरेका थिए ।