संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय हो : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रूपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहनुभएका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयको एक अर्ब ५४ करोड बजेट स्वीकृत
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारणसभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ ।
वालिङमा मोसो बाँसको १५०० बिरुवा रोपियो
सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग, र भूस्खलन नियन्त्रण गर्ने उद्देश्यले वालिङमा १५०० मोसो बाँस रोपिएको छ ।
बिमामा आबद्ध भएको एक महिनामा उपचार सुविधा
बिमितले साउन १ गतेबाट स्वास्थ्य बिमामा आबद्ध भएको एक महिनापछि उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि लागु हुनेगरी सेवा सुविधा लागु हुने समय छोट्याउन निर्णय गरेको छ । यो निर्णयसँगै बिमितले एक महिनाको अन्तरमा उपचार सुविधा पाउने भएका हुन् ।
सिँचाइ आयोजनाबाट पानी आएपछि कृषक उत्साहित
अन्न भण्डारको रूपमा परिचित बागलुङ नगरपालिका –१३, बलेवाको दम्कफाँटमा लिफ्ट सिँचाइ आयोजनाबाट पानी आउन थालेपछि किसान उत्साहित भएका छन् ।
खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले स्रोत साधन परिचालन गर्ने
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोत साधन परिचालन गर्ने बताउनुभएको छ ।
सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क पढाउने
ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । सिरिजङ्घा गाउँपालिका–१, मा रहेको उक्त विद्यालयले निःशुल्क पढाउने भएको हो ।
कालीगण्डकी नदीमा बेलिब्रिज जडान
यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो ।
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
हराउँदै रोपाइँको असारे परम्परा
पहिले बर्खा लागेसँगै गाउँ–गाउँमा बेग्लै रौनक हुन्थ्यो । गाउँभरीका मान्छे भेला भई रोपाइँसँगै नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको थियो । भकारी बाँध्ने चलन थियो । असारे भाका गुन्जन्थे ।
सांस्कृतिक सम्पदामा उम्रिएको रूख
पाटन कृष्ण मन्दिरसँगैको सांस्कृतिक सम्पदामा उम्रिएको रूख ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी
म्याग्दी सदरमुकाम बेनीस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा ताला लगाइएको छ ।
अर्कैसँग बिहे गरेको रिसमा श्रीमतीको हत्या
प्युठानमा आफन्तको घर बस्न गएका एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको घटना सार्वजनिक भएको छ । सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
लागुऔषधसहित एक जना पक्राउ
कैलाली प्रहरीले नौ ग्राम ३५० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित एक युवकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ भन्सार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।
मन्त्री गुप्ताद्वारा राजीनामा
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु. ४० ले घटेको छ ।