मोहनसिंह बुढा
अदानचुलली, (हुम्ला) असार ३१ गते । हिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका–४ लिब्रु स्थित अंगबहादुर शाहीको घरमा सोमबार दिउँसो अज्ञात समूहले आगजनी गरेको छ ।
अघिल्लो हिन सोही घरमा बास बसेका तिन जनाको अज्ञात समुहद्वारा आफु कर्णारी वारी हुम्ला आएको समयमा आगजनी भएको शाहीले बताउनुभयो ।
आगजनीबाट घरमा भएको लत्ताकपडा, खाद्य सामग्री पूर्णरुपमा नष्ट भएको छ । करिब १० लाख रुपियाँ नोक्सानी भएको अनुमान गरिएको छ । नौ कोठा रहेको दुई तले घर सहित घर भित्र राखिएका सामाग्री गरी सोही अनुसार क्षती भएको बताउनुभएको छ ।
पीडितले घरमा कोही नभएको मौका छोपी आगजनी गरिएको बताउँदै तत्काल संलग्नको पहिचान गर्न माग गर्नु भएको छ ।
यता जिल्ला प्रहरी कार्यालय मुगुकाअनुसार घटनाको अनुसन्धान भइरहेको छ । ढुङ्गेघर भएकाले समान्य तरिकाले आगलागी हुन सक्दैन । घटना सुनियोजित तरिकाले घटाइएको हुँदा पीडितको भनाईलाई आधार मान्दै खोजी भइरहेको बताउनुभएको छ ।