राजन रावत
हुम्ला, जेठ ४ गते । जिल्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा अवरुद्ध भएको विद्युत् सेवा सुचारु भएको छ । हल्दुम विद्युत वितरण केन्द्रको पावर हाउसमा रहेको मेसिनमा नयाँ ब्याट्री चार्जर जडान गरिएपछि विद्युत् सेवा सुचारु भएको हो ।
हेल्दुङ वितरण केन्द्रको पावर हाउसको मेसिनमा नयाँ ब्याट्री चार्जर जडान गरिएपछि ३८ घण्टापछि अवरुद्ध भएको विद्युत् सेवा सुचारु भएको केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो ।
मेसिनमा समस्या आएपछि शनिबार राति १० बजेबाट विद्युत् आपूर्ति बन्द भएको थियो । उहाँका अनुसार पावर हाउसको मेसिनमा रहेको ब्याट्रीको चार्जर नेपालगन्जबाट सोमबार आइपुगे लगत्तै प्राविधिकहरू पावर हाउसमा पुगेर नयाँ चार्जर जडान गरेपछि विद्युत् आपूर्ति तत्काल भएको हो ।
केन्द्रबाट विद्युत् सेवा लिइरहेका दुई वटा गाउँपालिका विभिन्न गाउँ तथा बस्तीका उपभोक्ता प्रत्यक्ष रूपमा लावान्भित हुनुभएको छ । विद्युत् सेवा आपूर्ति हुँँदा सञ्चार, इन्टरनेट, खानेपानी, साना उद्योग व्यवसाय तथा दैनिक जनजीवनमा सहज भएको छ ।
विद्युत् सेवा सुचारु हुँदा सिमकोट र खार्पुनाथका करिब दुई हजार पाँच सय उपभोक्ता प्रत्यक्ष लाभान्वित हुनुभएको छ ।