• ४ जेठ २०८३, सोमबार

तालमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, जेठ ४ गते । नवलपुरको गैँडाकोट नगरपालिका–४ स्थित जयश्री खोलाको भङ्गभङ्गे तालमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

पौडी खेल्ने क्रममा तालमा डुबेर गैँडाकोट–१, नवदुर्गा टोलकी मनिषा थापाको ११ वर्षीया छोरी सजिना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । 

सजिना बेपत्ता भएको खबर पाउना साथ उद्धारका लागि गएको प्रहरी टोलीले पानीको दहबाट शव निकालेको थियो । बालिकाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ ।