• ४ जेठ २०८३, सोमबार

राष्ट्रपति रनिङ शिल्ड यसै महिना

blog

राष्ट्रपति रनिङ शिल्डका लागि छलफल गरिँदै । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, जेठ ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने भएको  छ ।

प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राखेप सदस्य सचिव रामचरित्र मेहताको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा हुने छ । 

बैठकमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सम्बन्धित खेलका राष्ट्रिय सङ्घका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव मेहताले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउनु पर्नेमा जोड दिनुभयो ।