बेइजिङ, असार ३१ गते । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो ।
चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार, चालु वर्षको पहिलो छ महिनामा चीनको उद्योग उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
यो तथ्याङ्क देशका ठूला उद्योगहरूको उत्पादनलाई जनाउने हो, जसको वार्षिक कारोबार कम्तीमा दुई करोड चिनियाँ मुद्रा बराबर हुन्छ ।
उद्योगका विभिन्न शाखाहरूमा छुट्टाछुट्टै हेर्दा, सामान्य उत्पादनमा सात प्रतिशतले वृद्धि भएको छ । उपकरण बनाउने क्षेत्रमा १० दशमलव दुई प्रतिशत र प्रविधिमा आधारित उद्योगमा ९ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको छ ।
त्यसैगरी, वैकल्पिक ऊर्जा सवारी साधन र उद्योगमा प्रयोग हुने चलायमान यन्त्रहरूको उत्पादनमा क्रमशः ४३ दशमलव १, ३६ दशमलव २ र ३५ दशमलव ६ प्रतिशतको तीव्र वृद्धि भएको छ ।
अझै, देशको कुल उत्पादन ९घरेलु आम्दानी० चालु वर्षको पहिलो छ महिनामा ५ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । उपभोग्य वस्तुको बिक्री पाँच प्रतिशतले बढेको छ भने दीर्घकालीन सम्पत्तिमा गरिएको लगानी २ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । रासस/सिन्ह्वा