• ३२ असार २०८२, बुधबार

साँझपख कालभैरव

blog

कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरब हो । पूर्णकदको कालभैरवको मूर्ति मल्लकालीन समयमा काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन भेटिएको र पछि हनुमानढोका परिसरमा स्थापना गरिएको मान्यता छ । कुनै समयमा कालभैरबलाई न्यायालयको रुपमा पनि प्रयोग भएको जनश्रुति रहेको छ । कसैले  नराम्रो गरेको हो होइन भनेर यो मूर्तिलाई छुन लगाइ बाचा गराउने गरिएको र यदि झुठ बोलिएको हो रहेछ भने उनलाई तत्काल अनिष्ट हुने जनविश्वास रहिआएको थियो । तस्बिरः मनोजरत्न शाही