दुई वर्षमा साढे नौ किलोमिटर कालोपत्रे
सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको सबै भन्दा बढी कालोपत्रे इनरुवा ६ नम्बर वडामा भएको छ ।सङ्घीय, प्रदेश र स्थानीय सरकारको लगानीमा दुई वर्षमा इनरुवा ६ नम्बर वडामा साढे नौ किलोमिटर बाटो कालोपत्रे भएको हो ।
कृषि क्याम्पसलाई ३० लाख बराबरको जग्गा दान
इलाममा तीन वर्ष यता सञ्चालन भइरहेको कृषि क्याम्पसलाई स्थानीय वसन्त खड्गीले जग्गा दान गर्नुभएको छ । आफ्ना स्वर्गीय आमा–बुबा कृष्णमाया र चन्द्रबहादुरको स्मृतिमा खड्गीले क्याम्पसलाई जग्गा उपलब्ध गराउनुभएको हो ।
आमाको हत्या अभियोगमा छोरा पक्राउ
आमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरुण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना
नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ ।
‘दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्नु पर्दछ’
इलामको सूर्योदय नगरपालिका पूर्वी नेपालको ढोका हो । भारतीय सीमानजिक रहेको सूर्योदय नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल मानिन्छ । यसै नगरपालिकाको अन्तुबाट देखिने सूर्योदयका कारण यसलाई ‘सूर्योद
जीवित बुवाको मृत्यु दर्ता अनि आमाको अर्कैसँग विवाह दर्ता
मोरङको रतुवामाई नगरपालिको ७ नं.वडाका पवन लिम्बूले जीवित बुवाको मृत्यु दर्ता गरेर आमाको अर्कैसँग विवाह दर्ता गराएका छन् । पवनले जीवित बुवा जितबहादुर लिम्बुको मृत्यु भएको भनी घटना दर्ता गराएर आमा होमादेवी लिम्बुलाई पदमबहादुर लिम्बुसँग विवाह दर्ता गराएका हुन् ।
अहा ! पहाडी र हिमाली सौन्दर्य
तराईबाट पहाडतर्फ सडक विस्तार भएको करिब तीन दशकपछि मात्र तराई, पहाड र हिमाली जिल्ला एकआपसमा जोडिएका छन् । तीन वटा सडकले पूर्वी पहाडका सात जिल्लालाई जोडेपछि पहाडी र हिमाली शृङ्खला र प्रकृतिको सौन्दर्यमा रमाउँदै एकै दिनमा विभिन्न जिल्लामा ओहोरदोहोर गर्न सकिने भएको छ । धनकुटामा २०३८ सालदेखि नै सवारीसाधन सञ्चालन हुन थालेको हो । धनकुटासँगै सिमाना जोडिएको छिमेकी जिल्ला पाँचथरमा २०४२ सालदेखि सवारीसाधन सञ्चालन भए । त्यतिबेला धनकुटाबाट पाँचथर पुग्न तराईको बाटो प्रयोग गरी २८४ किलोमिटर यात्रा तय गर्नु पर्दथ्यो तर पछिल्लो एक दशकको अवधिमा थप तीन मुख्य सडकले पाँचथर–धनकुटा जोडेका छन् ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरु भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेले उद्घाटन गर्नुभयो ।
धनकुटामा किराँत सांस्कृतिक उत्सव
किराँत संस्कृतिको संरक्षण गर्न उभौली पर्वका अवसरमा धनकुटामा खानपान तथा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ ।
तीनघरेमा आदिवासी सांस्कृतिक महोत्सव
इलामको तीनघरेमा आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव सुरु भएको छ । विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनीसँगै सूर्योदय नगरपालिका–११ को तीनघरेमा दुई दिने आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आजदेखि सुरु भएको हो ।
माओवादीको सम्पर्क समन्वय समिति अध्यक्षमा साँवा
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङ-काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित सावाँ चयन हुनुभएको छ। सम्पर्क समन्वय समितिको नवौँ अधिवेशनले सावाँको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पाथीभरा क्याम्पसमा पूर्व विद्यार्थी मञ्च गठन
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी मञ्च गठन भएको छ। पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भेलाले राजकुमार गुरुङ अध्यक्ष रहेको पूर्व विद्यार्थी मञ्च गठन गरेको हो।
व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान
भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।
सरकारी गाडीमा आगजनी
शुल्कवृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थीले विराटनगरमा एउटा सरकारी गाडीमा आइतबार आगजनी गरेका छन् । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसनजिक कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् ।
सुन्न थालियो किसानका गुनासा
राष्ट्रिय किसान आयोगले पूर्वी नेपालका किसानले कृषि क्षेत्रमा भोग्दै आएका विविध समस्या तथा चुनौतीका विषयमा बहस सुरु गरेको छ । किसानको हकहित र अधिकार सुनिश्चितका लागि जनप्रतिनिधिसहित सरोकारवाला निकायसँग बहस कार्यव्रmम गरिएको हो ।
एमाले फुङ्लिङ नगरमा लावतीको प्यानल विजयी
नेकपा (एमाले) फुङ्लिङ नगर कमिटीमा ज्ञानेन्द्र लावतीको प्यानल विजयी भएको छ। ताप्लेजुङको एकमात्र फुङ्लिङ नगरपालिकामा एमाले नगर कमिटीको चौथो अधिवेशनबाट लावतीको प्यानल विजयी भएको हो।
लिङ्तेपलाई जिल्ला लिग ‘ए’ डिभिजनको उपाधि
ताप्लेजुङमा सञ्चालन गरिएको जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत ‘ए’ डिभिजनतर्फको उपाधि प्रगतिशील युवा क्लब मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपले जितेको छ।
फुटबल खेलाडी प्रीति राई नगदसहित सम्मानित
राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई नगदसहित सम्मानित हुनुभएको छ । शनिबार किराँत राई यायोक्खा सुनसरिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा खेलाडी राई नगदसहित सम्मानित हुनुभएको हो ।
लागूऔषध ब्राउन सुगरसहित पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका-१७ लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।
तरकारी खेतीमा कृषकको हौसला बढाउँदैछ प्रदेश सरकार
बिहान झिसमिसेदेखि गोधुली साँझसम्म खेतबारीमा नङ्ग्रा खियाउँदा पनि भनेजस्तो आम्दानी नहुँदा कुनैबेला अगमशेर राई दिक्क बन्नुहुन्थ्यो । तर प्रविधिको विकासले उहाँको कामलाई अहिले सहज बनाइदिएको छ ।
भोक्राहामा प्रथम महिला खो–खो प्रतियोगिता
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खो–खो प्रतियोगिताको तयारी पूरा भएको छ । भोक्राहा नरसिंह गाउँपालिका चिरौलीको सहयोग तथा प्रदेश स्तरीय खो–खो खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खो–खो सङ्घ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगिता आयोजनाको तयारी भएको हो ।
मोलुङ खोलामा पुल बन्दा स्थानीय हर्षित
जिल्लाको सुनकोशी गाउँपालिका–४ संसादोभान र मानेभञ्ज्याङ गाउँपालिका–८ काभ्रेटार जोड्ने गरी मोलुङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
सामुदायिक वनको पौडीपोखरी सुचारु
हरियाली सामुदायिक वन उपभोक्ता समूहले मोरङको पथरीशनिश्चरे –२ मा पर्यापर्यटन कार्यक्रम अन्तर्गत व्यवस्थित पौडीपोखरी सञ्चालनमा ल्याएको छ ।
कारको ठक्करबाट साइकलयात्रीको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी –७ मा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बिहीबार राति ९ः४० बजेतिर पश्चिमबाट पूर्व जाँदैगरेको मोरङको पथरीशनिश्चरे ५ का ७० वर्षीय साइकलयात्री बन्दु चौधरीलाई कारले ठक्कर दिदाँ चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।