पहिरोमा पुरिएर युवकको मृत्यु
ताप्लेजुङमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ। जिल्लाको सिरिजङ्घा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
चट्याङ लागेर दुई भैँसी मरे
तिरिङ्गेका वडाध्यक्ष पूर्णबहादुर तिवारीका स्थानीय सन्तबहादुर भट्टराईले पालेको दुई वटा भैँसी चट्याङ लागेर मरेका छन् ।
अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य जाँच
शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म जान नसकेका रोङ गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ ।
बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो
कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए ।
साउदीमा मान्छे हराउँदा नेपालमा घर कब्जा
साउदी अरबमा छ वर्षसम्म सम्पर्कविहीन बनेका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, बुइपाका शुक्रबहादुर विश्वकर्मा जसोतसो स्वदेश त आइपुग्नुभयो तर उहाँ घर पुग्दा उहाँको घर भने साहुको कब्जामा परिसकेको थियो ।
विद्यार्थीको अराजकता, निर्देशकको कुर्सी रुखमा
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मोरङ विराटनगर विशेष शैक्षिक कार्यव्रmम अन्तर्गत व्यवस्थापन सङ्काय निर्देशक डा. मोहन सुवेदीको कुर्सी विद्यार्थीले रुखमा झुन्ड्याएका छन् ।
पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते
सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।
वर्षाले खाँदबारी–नुम सडकमा क्षति
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।
खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण
खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो ।
भुइँ स्याउको उत्पादनसँगै उद्यममा जोडिँदै महिला
फिदिम ३ का देउमान श्रेष्ठलाई श्रीमती हिमाकुमारी सोही वडामा गठन भएको सुनौलो नाम्दु अर्ग्यानिक भुईँ स्याउ उत्पादन महिला समूहको सदस्य बन्दा खुसी लागेको थिएन ।
भारी बोकेर दुई दिन हिँडेको बाटो अब छ घण्टामै वारपार
फालेलुङ-५ प्राङबुङका बमबहादुर लिम्बूले आँगनमै गाडी आउँला र सदरमुकाम हुँदै मधेससम्म पुगिएला भन्ने कल्पना गर्नुभएको थिएन। दशक अघिसम्म सदरमुकाम आएर फर्किन दुई दिन लाग्ने बाटो भएर आजकल उहाँ ६ घण्टामै आउजाउ गर्न थाल्नुभएको छ।
इन्टरनेट अवरुद्ध हुँदा सेवाग्राही मार्कामा
ताप्लेजुङमा मङ्गलबार बिहानैदेखि नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मार्कामा परेका छन्। बिहान करिब ११ बजेदेखि नेपाल टेलिकमको इन्टरनेट (एन्टी फाइबर) सेवा अवरुद्ध हुँदा सेवाग्राही मार्कामा परेका हुन्।
ताप्लेजुङमा १९ वटा पुलको योजना
ताप्लेजुङमा मोटरेवल र झोलुङ्गे गरी १९ वटा पुल बन्ने भएको छ । सङ्घीय सरकारको योजनाअन्तर्गत आगामी आर्थिक वर्षमा छ वटा मोटरेवल र १३ वटा झोलुङ्गे गरी १९ वटा पुल बन्ने भएको हो ।
कोशी प्रदेश योजना आयोगका सदस्यले गरे शपथग्रहण
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।
कोशी प्रदेशमा सडक निर्माण सुस्त
कोशी प्रदेश सरकार गठन भएपछि आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का लागेका सडक अझै निर्माण हुन सकेका छैन । तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते मोरङको पथरीबाट जाँते हुँदै ज्यामिरे जोड्ने १९ किमी लम्बाइको सडक धूमधामका साथ शिलान्यास गर्नुभयो ।
अग्निपीडित महतोलाई १३ लाखको चेक हस्तान्तरण
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ लक्ष्मी नारायण चौक निवासी सुरेन्द्र महतोलाई आर.सी. ट्रेडिङ्ग.कम्पनीले १३ लाख २७ हजार १०४ रुपियाँको चेक हस्तान्तरण गरेको छ ।
दुःखसुख साट्न अन्नपूर्णमा ज्येष्ठ नागरिक प्रतीक्षालय निर्माण
अन्नपूर्णमा प्रतिक्षालय तथा पुस्तकालय निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्धावृद्धको सम्मानमा टेम्केमैयुङ गाउँपालिकाले यहाँ बहुउद्देश्यीय भवन निर्माण गरेको हो ।
धान नबिकेपछि झापाका किसान चिन्तित
गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताउनुभयो ।
सिँचाइका लागि कोशीमा स्पर, जोगियो बस्ती
सप्तकोशी नदीको बहाव पश्चिमी किनारातिर केन्द्रित हुँदै गएपछि सुनसरी मोरङ सिँचाइ आयोजनाले पानीको बहावलाई पूर्वतर्फ फर्काउन सप्तकोशीमा आठ वटा ठुला स्पर निर्माण गरेको छ ।
अमेजनका माछा नेपालका नदीमा
मोरङको बेलबारी र धनपालथानमा माछाको गैरदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा नेपालमा पाइएको हो । पूर्वी र दक्षिण एसियाली देशहरूमा केही वर्षयता यसको व्याप्ति बढी छ । ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेको यो माछा नेपालमा पहिलो पटक मोरङको बेलबारीमा चार वर्षअघि देखा परेको थियो । नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पहिल्याउन थाल्नुभएको थियो ।
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
कोशी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी आज सम्पन्न भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्तरुपमा विराटनगरमा आयोजित गोष्ठीमा शान्ति सुरक्षा, सामाजिक सद्भाव र सूचना व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउनेलगायत विषयमा छलफल भएको थियो ।
धिमे बाजा बजाउन सिकाउँदै नगरपालिका
झापाको दमकमा नयाँ युवा पुस्तालाई धिमे बाजा बजाउन सिकाउनका लागि तालिम सुरु गरिएको छ । दमक नगरपालिकाको सहयोगमा नेवा: देय दबूँ नगर समितिको संयोजनमा तालिम सुरु गरिएको हो ।
सुनसरीको बाढी प्रभावित क्षेत्रमा रोपाइँ सुरु
सुनसरी खोलाको बाढीको उच्च जोखिममा रहेको क्षेत्रमा किसानले धान रोपाई सुरु गरेका छन् । बाढी प्रभावित क्षेत्र मानिने भोक्राहा नरसिंह गाउँपालिका ५ र ७ नम्बर वडाका स्थानीय किसान अहिले धान रोपाइँमा व्यस्त बनेका छन् ।
दुई वर्षमा साढे नौ किलोमिटर कालोपत्रे
सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको सबै भन्दा बढी कालोपत्रे इनरुवा ६ नम्बर वडामा भएको छ ।सङ्घीय, प्रदेश र स्थानीय सरकारको लगानीमा दुई वर्षमा इनरुवा ६ नम्बर वडामा साढे नौ किलोमिटर बाटो कालोपत्रे भएको हो ।