काठमाडौँ, असार २४ गते। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सोमबार दुई म्युजिक भिडियो र सातवटा अडियो रेकर्ड गीत सार्वजनिक गरेको छ।
नक्सालस्थित प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यव्रmममा ‘तीते तीते...’ बोलको गीत, लहविरे भाकाको गीतको म्युजिक भिडियो र गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित राष्ट्रिय गीत लेखन प्रतियोगिताका विजेताका गीतको अडियो रेकर्ड सार्वजनिक गरियो।
प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडियो र गीतहरुको रेकर्ड गरिएको बताउनुभयो। प्रतिष्ठानका सदस्यसचिव कुुश्मा महरा ‘प्रगति’ले रेकर्ड गरिएका राष्ट्रिय भावनाका सात वटै गीतको म्युजिक भिडियो बनाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यव्रmममा सार्वजनिक भएका भिडियोका निर्देशक र गीतका गीतकार, सङ्गीतकार र गायकगायिकाका साथै प्रतिष्ठानका कर्मचारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।