• ५ जेठ २०८३, मङ्गलबार

बुधबार चार प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

blog

काठमाडौँ, जेठ ५ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

आज मङ्गलबार राति गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा साथै मधेस प्रदेश लगायत कोशी, बागमती प्रदेशको तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना छ ।

यसैगरी, पर्सी बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानमा, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मध्यम वर्षा-हिमपातको सम्भावना छ ।

भोलि र पर्सी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।