• ५ जेठ २०८३, मङ्गलबार

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन ११ गतेबाट

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ ५ गते । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गते सोमबारबाट सुरु हुने भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलबार अधिवेशन आह्वान गर्नुभएको हो ।

जेठ ११ गते अपराह्न २ बजेबाट अधिवेशन आह्वान गरिएको हो । जेन्जी आन्दोलनका क्रममा नदीपुरमा रहेको प्रदेश सभा सचिवालय ध्वस्त भएपछि यस पटकको अधिवेशन पोखराको मालेपाटन स्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा हुने छ ।

प्रदेशसभा सचिवालय रामघाट स्थित तत्कालीन पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयमा सारिए पनि त्यहाँ सभा हल तयार भएको छैन । प्रदेशसभाका सचिव गोविन्द पौडेलले संरचना अभावका कारण अस्थायी व्यवस्थापन गरी बैठक सञ्चालन गर्न लागिएको बताउनुभयो । 

आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, बजेट प्रस्तुतसहित छलफल गरी पारित हुने छन् ।