चासोकका अवसरमा सबै जातिले सामूहिक रुपमा धान नाच
लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नाममा अन्य जातिका मानिस समेत उल्लेख्य सहभागी हुन थालेका छन्।
ब्रदरहुडलाई सिरिजङ्घा गोल्डकप उपाधि
ताप्लेजुङको तेल्लोकमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ ।
उँधौली पर्व मनाउँदै किरात समुदाय
धरान उपमहानगरपालिकाको साकेला थानहरुमा आइतबार उँधौली साकेला नाचेर किरात समुदायहरुले उँधौली पर्व मनाएका छन् ।
महिला-पुरुष सुम्हात्लुङ मिनि म्याराथन हुने
चासोक तङनामको अवसरमा पाँचौ संस्करणको सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिने भएको छ ।
किरात जेरो राई समुदायमा पहिलो पटक साकेला
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर १, ३ र ४ लगायत जिल्लाका विभिन्न स्थानमा जेरो राई समुदायको बसोबास छ। प्रकृति पुजक जेरो राईले पहिलो पटक साकेलासहित भूमि पुजा गरेका छन्।
प्रकृति भूमिको पूजा गर्दै उँधौली मनाइँदै
धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै देखिन्छ । धरान–१० का पूर्णिमा राईले साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताउनुभयो ।
नेपाल मुस्लिम सङ्घ कोशी प्रदेश अध्यक्षमा हाजि ईसराइल मंसुरी निर्वाचित
नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम सङ्घ कोशी प्रदेश अध्यक्षमा दोस्रो कार्यकालका पनि हाजि ईसराइल मंसुरी निर्वाचित हुनुभएको छ । सुनसरीको इनरुवामा सम्पन्न भएको सङ्घको दोस्रो कोशी प्रदेश कार्यसमितिको अधिवेशनबाट सर्वसहमतिमा मंसुरीको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
'रासायनिक मलको प्रयोगले सिमसार क्षेत्रमा पनि असर'
सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा रसायनिक मलको प्रयोग र जैविक विविधतामा परेको असर विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम गरिएको छ ।
किराँत समुदाय उल्लासका मनाउँदै चासोक तङ्नाम
किराँत समुदाले आइतबार चासोक तङ्नाम (उँधौली पर्व) मनाउँदै छन् । प्रत्येक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने यो पर्वमा नयाँ अन्न चढाएर न्वागी खाने चलन छ ।
पूर्णेडाँडामा झ्याम्टे मेला
इलामको सूर्योदय नगरपालिका ११ को पूर्णेडाँडामा लाग्दै आएको ऐतिहासिक झ्याम्टे मेला सुरु भएको छ । प्रत्येक वर्ष मङ्सिरे पूर्णिमा र वैशाखे पूर्णिमाका दिन लाग्दै आएको मेला आइतबारबाट सुरु भएको हो ।
गाईवस्तुका लागि घाँस
गाईवस्तुलाई खुवाउन मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित जङ्गलबाट साइकलमा घाँस ल्याउदै महिला ।
झापामा दुर्घटना: घाइते पाँचमध्ये एक मृत्यु
शनिवार बिहान पूर्वपश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिकामा ५ मा सडक दुर्घटनामा घाइते ५ जना मध्ये एक जनाको मृत्यु भएको छ ।
बिक्री गर्न राखिएको प्याज
सुनसरी, मङ्सिर ३० गते । सुनसरीको इनरुवास्थित थोक तरकारी बजारमा किसानले बिक्री गर्न ल्याएको प्याज । यहाँ प्याज प्रतिकिलो रु. ८० मा बिक्री भएको किसान बताउँछन् । तस्बिरः रासस
‘पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय’
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताउनुभएको छ ।
वेवारिसे अवस्थामा मोटरसाइकल
मोरङ जिल्लामा विभिन्न समयमा ट्राफिक प्रहरीद्वारा चेकिङ गर्दा कागजपत्र बिलबुक, लाइसेन्स र नियमविपरीत चलाइएका मोटरसाइललाई नियन्त्रण लिई जिल्ला अदालत परिसरमा बेवारिसे राखिएको छ ।
धान्य पुर्णिमामा मधुगंगा मेला
धार्मिक तथा पर्यटकीयस्थल मधुगंगा महादेवस्थानमा धान्य पुर्णिमा तथा उधौली पर्वको अवसरमा लाग्ने धार्मिक मेला सुरु भएको छ।
पत्रकार महासंघ झापाको अध्यक्षमा गिरी निर्वाचित
पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनुभएको छ । प्रेस युनियान र प्रेस चौतारीको तर्फबाट गठबन्धन गरि निर्वाचनमा रहनुभएका गिरीले १३१ मतका साथ बिजयी हुनुभयो । यसैगरि उपाध्यक्षमा सुब्रत न्यौपाने र महिला उपाध्यक्षमा वेनिशा शर्मा निर्वाचित हुनुभयो ।
पत्रकार महासंघ सुनसरी अध्यक्षमा काफ्ले
नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको २ सय १४ मतमा कुल १ सय ८१ मत खसेकोमा काफ्लेले ९४ मत ल्याएर विजयी हुनुभएको हो ।
इनरुवामा लागेको बाक्लो हुस्सु
सुनसरी, मङ्सिर २९ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा शनिबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण अत्यधिक जाडो बढेर पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । तस्बिरः रासस
शोभाकलीको वात्सल्यमा उपहारकली
कोशीटप्पु वन्यजन्तु आरक्षमा फेलापरेको छावालाई आरक्षकै हात्तीसारमा रहेको शोभाकली (माउ हात्ती) ले आफ्नै सन्तान जसरी माया दर्साउन थालेको छन् ।
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ ।
हरियो तरकारी खरिद बिक्री
सुनसरी, मङ्सिर २८ गते । सुनसरीको इनरूवा नगरपालिका–४ स्थित थोक तरकारी बजारमा हरियाे तरकारी किनमेल गर्दै स्थानीयवासी । तस्बिरः रासस
हिमपहिरोले बनाएको पोखरी
फुङ्लिङ, मङ्सिर २८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधारशिविर क्षेत्रमा हिमपहिरोले बनाएको पोखरी । जलवायु परिर्वतनको कारणले हिमाली क्षेत्र जोखिममा पर्दै गएको छ । तस्बिरः रासस
उत्पादन प्रवर्धनमा ‘ओरेन्ज फेस्टिभल’
कोलकातामा केही वर्षयता हिमालय ओरेन्ज फेस्टिभल हुँदै आएको छ । फेस्टिभल पछिल्लो समय कोशी प्रदेशका जिल्लामा उत्पादन हुने कृषि तथा घरेलु र पर्यटकीय क्षेत्रको