जयकृष्ण यादव
इनरुवा, फागुन १४ गते । सुनसरीमा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिका ६ सिशुवाका अजित सुनुवारको तीन वर्षीय छोरा सरिन सुनुवारको पानीमा डुबेर मृत्यु भएको हो ।
सुनुवारको घर नजिकै रहेको पैनीमा डुबेर बालकको मृत्यु भएको जनाएको छ । मृतक बालकको लासको कानुनी प्रक्रिया पूरा गरी पोस्टमाटमका लागि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।