जयकृष्ण यादव
इनरुवा, फागुन १४ गते । सुनसरीको इनरुवा नगरपालिकाका १८ हजार पशुमा खोरेत रोग विरुद्धको खोप लगाउने काम जारी छ ।
पशुमा लाग्ने महामारी खोरेत रोग विरुद्धको खोप सेवा तीन दिन अघि नगर प्रमुख केदार भण्डारीले उद्घाटन गर्नुभएकोमा हाल चार हजार पशुमा खोप लगाएकोइनरुवा नगरपालिका कृषि तथा पशु शाखा प्रमुख डा. राजकुमार यादवले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिका र कोशी प्रदेशमा दुग्ध तथा मासु जन्य उत्पादन अभिवृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न समेतमा योगदान गर्न भएकोले खोरेत रोग विरुद्धको खोप सेवा सुरु गरेको प्रमुख भण्डारीले बताउनुभयो । भण्डारीले नगरलाई दुग्ध तथा मासु उत्पादनको क्षेत्रमा दिगो रूपमा आत्मनिर्भरता हासिल गर्ने उदेश्य प्राप्त गर्नको लागि नगर क्षेत्रमा पशुहरू चौपायाको महामारी रोग खोरेत नियन्त्रण तथा क्रमसः उन्मुलन गर्न प्रदेश सरकारबाट सञ्चालित अभियानमा समेत आफूहरूले सहयोग गर्ने बताउनुभयो ।
खोरेत रोग नियन्त्रण आयोजना कार्यान्वयनलाई व्यवस्थित, प्रभावकारी र अपेक्षित प्रतिफल उन्मुख बनाउन इनरुवा नगरपालिका प्रतिबद्ध रहेको भण्डारीले बताउनुभयो । खोरेत रोग नियन्त्रण आयोजना अन्तर्गत इनरुवा नगरपालिका-३ मा रहेको सोमबारे पशु चौपाया हाट बजारबाट खोप लगाउन सुरु गरेको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोले खोरेत खोपको औचित्यका बारेमा चर्चा गर्नुभएको थियो ।