• १४ फागुन २०८१, बुधबार

पाँचथर गोल्डकपको ‘एन्थम’ सार्वजनिक

blog

पाँचथर गोल्डपकको ‘अफिसियल एन्थम’ सार्वजनिक गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन १४ गते । पाँचथर गोल्डकपको ‘एन्थम’ सार्वजनिक गरेको छ । फिदिम नगरपालिकामा एक कार्यक्रम आयोजना गर्दै आयोजक पाँचथर क्लवले एन्थम सार्वजनिक गरेको हो । 

प्रमुख मित्रप्रसाद काफ्लेले प्रमूख अतिथिको आसनबाट गोल्डकपको एन्थम सार्वजनिक गर्नुभयो । प्रतियोगिता फागुन २४ देखि चैत्र २ गतेसम्म फिदिम माविको खेल मैदानमा आयोजना हुँदैछ । ५ औँ संस्करणको पाँचथर गोल्डकपलाई यो वर्ष ‘वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटबल प्रतियोगिता’ भनिएको छ ।

गीतलाई ‘पाँचथर गोल्डकपको अफिसियल एन्थम’ भनिएको छ । गीत सार्वजनिक कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल र खेलकुद सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि र पत्रकार उपस्थित थिए ।

भिडियो सहितको गीत सार्वजनिक गर्दै नगर प्रमुख काफ्लेले पाँचथर गोल्डकपले जिल्लाको प्रतिष्ठा उचो राख्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । पाँचथर गोल्डकप जिल्लाको लोक प्रिय फुटबल प्रतियोगिता हो । 

प्रतियोगितामा ८ वटा ए डिभिजन फुटबल क्लबले भाग लिने पाँचथर क्लबका सचिव प्रदिप भण्डारी जानकारी दिनुभयो  ।