नेपाल–तिब्बत सीमा बैठक : नेपालको प्रस्तावमा तिब्बत सकारात्मक
छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत र पूर्वी नेपालको सीमावर्ती क्षेत्रका स्थानीय अधिकारीबिच भएको अन्तरदेशीय सीमा बैठकमा नेपालले राखेको प्रस्तावप्रति तिब्बत सकारात्मक देखिएको छ।
पेट्रोल पम्पमा ग्राहक ठगी, अनुसन्धानका लागि पम्प शिल
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ।कम परिणाममा इन्धन बिक्री गरेर ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएपछि अनुसन्धानका लागि पम्पमा शिलबन्दी गरिएको छ।
मिथिला मिथक विमोचन
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
पूर्वाधार निर्माणले फेरिएको मधुगङ्गा
धनकुटा नगरपालिका २ मा रहेको मधुगङ्गामा पूर्वाधार निर्माणपछि सो क्षेत्रको स्वरुप नै फेरिएको छ ।
सुनसरीबाट १९० किलो गाँजा बरामद
सुनसरीको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १९० किलोग्राम गाँजा बरामद गरिएको छ ।
मतदाता नामावली दर्ता सुरु
जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले मतदाता नामावली दर्ता कार्य सुरु गरेको छ ।
सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश
विराटनगर, पुस २ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारी भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले उक्त जानकारी दिनुभएको हो । सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पुर्याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । राससले आफूलाई समयानुकूल परिवर्तन गर्दै ‘सबैले खोज्ने र रोज्ने’ बनाउन सुझाउनुभयो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवर्धनमा निरन्तर लागिरहेको बताउनुभयो । आगामी वर्ष २० लाख पर्यटक कोशी प्रदेशमा भित्र्याउने योजना रहेको र त्यसले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई २१औँ शताब्दीको सञ्चार संस्थाको रुपमा स्थापित गराउन आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा भएका विकास– निर्माणका कामलाई बाहिर ल्याउन जिल्ला सामाचारदाताहरुलाई निर्देशन दिनुभयो । साथै उहाँले जनतालाई केन्द्रबिन्दुमा राखेर कलम चलाउन आग्रह गर्नुभयो । स्वागत मन्तव्य गर्दै राससका महाप्रबन्धक सिद्धराज राईले सकारात्मक पत्रकारितालाई बढावा दिनुपर्नेमा जोड दिनुभयो । रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले सरकारी एवं गैरसरकारीस्तरमा भएका कामलाई नागरिकसमक्ष पुर्याउन सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।मिथिला मिथक विमोचान त्यस अवसरमा कार्यकारी अध्यक्ष झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गर्नुभयो । पत्रकारितासँगै पुस्तकका माध्यमबाट समाज परिवर्तनमा लेखक झाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । रासस
धान थन्क्याउने चटारो
सुनसरी, पुस २ गते । सुनसरीको इनरुवा नगरपालिका ४ मा धान घर लैजान बोझा बाँध्दै किसान । तस्बिरः रासस
राजमार्गका लागि रुख काट्ने बाटो खुल्यो
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गको वन क्षेत्रका रुख हटाउन मन्त्रीस्तरीय निर्णयले स्वीकृति दिएसँगै रुख कटान गर्ने बाटो खुलेको छ ।
‘सञ्चार क्षेत्र पहरेदार बन्नु पर्छ’
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदार बन्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका कोशी प्रदेश र मोरङ जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई कोइराला निवासमा बधाई दिँदै नेता कोइरालाले सञ्चार क्षेत्र कमजोर बन्न नहुने बताउनुभएको हो ।
विराटनगरमा रोजगार मेला सुरु
सिप र क्षमता भएका आकाङ्क्षीलाई रोजगारदातासँग जोड्न विराटनगरमा रोजगार मेला सुरु भएको छ ।
विद्युत सर्ट भएर आगलागी : लाखौंको क्षति
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।
रोङमा तिते करेलाको ब्राण्डिङ
गुन्द्रुक, सिस्नो, बेसार,मह, चिया, कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको इलामको रोङ गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको छ ।
पालुङ्वा वंश प्रतिष्ठान अध्यक्षमा काजीमान
फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा काजीमान पालुङ्वा चयन हुनुभएको छ ।
एकीकृत विपद् व्यवस्थापन केन्द्र बन्ने
मोरङको रङ्गेली–८ दर्बेसामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (एकीकृत विपद् केन्द्र) निर्माण गरिने भएको छ ।
सप्तकोशीको पानी नहरतर्फ ल्याउन समस्या
सप्तकोशी नदीको पानी किसानका गरा गरामा पुर्याउने गरी सन् १९७५ मा भारत सरकारले निर्माण गरिदिएको मुलुककै ठुलो सुनसरी मोरङ सिचाई योजनाका अधिकांश संरचना जीर्ण भएका छन् ।
रासायनिक मलको प्रयोगले सिमसारमा असर
कोशीटप्पु वन्यजन्तु आरक्षमा रासायनिक मलको प्रयोग र जैविक विविधतामा परेको असर विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ ।
पुर्णेडाँडामा झ्याम्टे मेला
इलामको सूर्योदय नगरपालिका–११ को पुर्णेडाँडामा लाग्दै आएको ऐतिहासिक झ्याम्टे मेला सुरु भएको छ ।
झापामा तीन जना सवार मोटरसाइकल दुर्घटना, तीनै जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
धरानमा फस्टाउँदै सिद्रा व्यापार
मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ ।
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो ।
लिम्बू भाषामा समाचार वाचन गर्ने सञ्चारकर्मीलाई सम्मान
ताप्लेजुङ, पुस १ गते । ताप्लेजुङका स्थानीय रेडियोहरूमा लिम्बू भाषा (आनि पान) मा समाचार वाचन गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको छ । लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरमा लिम्बू भाषामा समाचार वाचन गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको हो ।चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा आइतबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमकाबिच लिम्बू भाषामा समाचार वाचन गर्ने आधा दर्जन बढी सञ्चारकर्मीलाई सम्मान गरिएको छ । जिल्लामा रेडियो स्थापना भएदेखि हालसम्म लिम्बू भाषामा समाचार वाचन गर्ने तथा लिम्बू भाषाको कार्यक्रम सञ्चालन गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले जनाएको छ ।चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोका अनुसार लिम्बू भाषामा समाचार वाचन गर्ने र कार्यक्रम सञ्चालन गर्ने पत्रकार तथा सञ्चारकर्मीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा हाल स्थानीय रेडियो तमोरमा कार्यरत गङ्गा लिङ्खिम लिम्बू, मनमाया माबो रहनुभएको छ । यस्तै रेडियो ताप्लेजुङमा माला पालुङवालाई सम्मान गरिएको मेन्याङ्बोले जानकारी दिनुभयो ।उहाँका अनुसार रेडियो काबेलीमा कार्यरत साहारा लङ्वा लिम्बू र पवित्रा साउदेन लिम्बूलाई सम्मान गरिएको छ । यसैगरी, स्थानीय रेडियोमा लिम्बू भाषामा समाचार वाचन गर्ने तथा कार्यक्रम सञ्चालन गर्ने पूर्व–सञ्चारकर्मी अस्मिता साँवा लिम्बू, मोहनचन्द्र साँवा लिम्बू, धनराशि नाल्बो लिम्बू, राधा मास्वा लिम्बू, रोमाकुमारी माबो, अमृता थलङ लिम्बू, ज्ञानु फुरुम्बो लिम्बू (चरपे), मनकुमारी मेन्याङ्बो लिम्बूलाई पनि सम्मान गरिएको छ ।लिम्बू (याक्थुङ) जातिको आनिपान (भाषा) संरक्षण साथै प्रवद्र्धनमा योगदान पुर्याएकोभन्दै कियाचुले सञ्चारकर्मीहरूलाई सम्मान गरेको जनाएको छ । पत्रकार तथा सञ्चारकर्मीहरूलाई कियाचुका प्रदेश समिति अध्यक्ष मधुराज केरुङ, जिल्ला अध्यक्ष मेन्याङ्बो लगायतले सम्मान गर्नुभएको थियो ।यता लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) सदरमुकाम फुङ्लिङसहित गाउँगाउँमा विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । शुभकामना आदानप्रदानसँगै आफ्नो मौलिक संस्कार तथा संस्कृतिको उजागर गर्न च्याब्रुङ नाच (केःलाङ), धान नाच (याःलाङ), हाक्पारे, ख्यालीलगायत लिम्बू संस्कृतिमा आधारित प्रस्तुति तथा गतिविधि गरेर पर्व मनाइएको छ ।
सूर्योदय
सुनसरी, पुस १ गते । सुनसरीको इनरुवा नगरपालिका ४ मा सोमबार बिहान लागेको हुस्सु र पूष्ठभूमिमा उदाउँदै गरेको सूर्य । तस्बिरः रासस
पहिले हुन्थ्यो हारालुछ अहिले बिक्नै छाड्यो
धनकुटाको सहिदभूमि गाउँपालिका–४ का पृथुराम राईले केही वर्षअघिसम्म आफ्नो बारीको सुन्तला बर्सेनि चार लाख रुपियाँभन्दा बढी मूल्यमा बिक्री गर्दै आउनुभएको थियो ।