• १६ फागुन २०८१, शुक्रबार

इनरुवा नगर बाल सञ्जाल गठन

blog

सुनसरीको इनरुवा नगरपालिकामा गठन भएको नगर बाल सञ्जालका पदाधिकारी।

इनरुवा, फागुन १६ गते। सुनसरीको इनरुवा नगर बाल सञ्जाल गठन भएको छ। इनरुवा नगरपालिकाका १० वटा वडाका बाल क्लब तथा वडा सञ्जालका पदाधिकारीको नगर भेलाले विनोद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय इनरुवा नगर बाल सञ्जाल गठन गरेको हो। 

इनरुवा बाल सञ्जालको उपाध्यक्षमा पूजा शाह, सचिवमा रोनिका यादव, सहसचिवमा हिमानी यादव र कोषाध्यक्षमा प्रिन्स खतिवडा चयन हुनुभएको छ।

त्यसैगरी सदस्यमा अक्षता पाण्डे, साई विक्रान्त घोष, युवराज मण्डल, सरिता खवास, स्मत हमन चयन भएको छ। 

यसैबिच संजालको मासिक बैठक प्रत्येक महिनाको पहिलो हप्ता बस्ने जनाएको छ। सञ्जालमा चयन भएको पदाधिकारीलाई इनरुवा उपप्रमुख विनिता मेहताले बधाइसहित बालमैत्री नगरका लागि अपिल गर्नुभयो। 

सञ्जालको भेलामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दाहाल, सरस्वती ढुगांना, शिक्षा शाखा प्रमुख स्वस्तीका दाहाल, पत्रकार तथा बालअधिकार रक्षक जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो।