• १५ फागुन २०८१, बिहिबार

गिरीबन्धु टी-स्टेटभित्र शव भेटियो

blog

शव भेटिएको क्षेत्रमा पुगेका सुरक्षाकर्मी र स्थानीय ।

बिर्तामोड, फागुन १५ गते। झापाको गिरीबन्धु टी–स्टेटभित्र एक पुरुषको शव फेला परेको छ। कुहिन लागेको अवस्थाको पाँचथर फिदिम नगरपालिका ७ का ३९ वर्षीय कुमार गुरुङको शव अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु टी–स्टेटभित्रको सिरिसको रुखको फेदमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

बिहीबार बिहान ८ बजेको समयमा फेला परेको गुरुङको शवलाई आवश्यकीय कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ लगिएको प्रहरीले जनाएको छ। ती व्यक्तिको मृत्यु एक साताअघि एक हप्ता पहिले नै मृत्यु भइसकेको जस्तो अवस्थामा रहेको र उनको साथमा रहेको नागरिकता प्रमाणपत्रका आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ। 

यता बिर्तामोड नगरपालिका ५ धर्मकाटा नजिक  अन्दाजी ४० वर्षीय पुरुषको शव समेत फेला परेको छ। बिहीबार दिउँसो १ बजे तिर स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खबर गरेका थिए। मृतकको पहिचान खुलेको छैन। 

प्रहरीका अनुसार उक्त शवसमेत करिब एक हप्ता अगाडि नै मृत्यु भइसकेको हो। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।