• १७ फागुन २०८१, शनिबार

बजार अनुगमनबाट म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट

blog

अनुमगन टोली अखाद्य सामग्री नष्ट गर्दै ।

सन्तोष राउत

सोलुखुम्बु, फागुन १७ गते । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका शाखा अधिकृत नरेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा गएको बजार अनुगमन टोलीले सदरमुकाम सल्लेरी बजारक्षेत्रमा पाइएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको हो ।  

घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बु, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु लगायत सरोकारवालाहरूको उपस्थितिमा गरिएको अनुगमनका क्रममा बरामद गरिएको करिब १७ हजार बराबरको अखाद्य वस्तु तथा सेवा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका शाखा अधिकृत श्रेष्ठले बताउनुभयो । 

उपभोक्ताको अधिकार संरक्षण गर्दै अखाद्य वस्तुबाट उपभोक्ताको स्वास्थ्यमा पर्ने असर र कालो बजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले नियमित बजार अनुगमन गरिरहेको अधिकृत श्रेष्ठको भनाइ छ ।