• १५ फागुन २०८१, बिहिबार

इलाममा पिकअप दुर्घटनामा २५ जना घाइते

blog

माई अस्पतालमा उपचार गराइरहेका घाइते।

कोकिला ढकाल

इलाम, फागुन १५ गते। इलामको  माई नगरपालिका–१ मा बिहीबार दिउँसो पिकअप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

माई नगरपालिकाकै महमाईबाट दानाबारीतर्फ नेपाल मगर सङ्घको कार्यक्रम आउँदै गरेको प्रदेश १–०२–००२ च. ४१९२ नम्बरको पिकअप दुर्घटनामा परेको हो। 

घाइतेमध्ये २४ जनालाई माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएको छ स्थानीय विमल दाहालका अनुसार घाइते एक जनाको माई अस्पतालमा उपचार भइराखेको छ। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ।