सगरमाथा आरोही विश्वकर्माको निधन
दलित समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी इतिहास रच्नुभएका विजय घिमिरे विश्वकर्माको सगरमाथा आरोहणका क्रममा निधन भएको छ ।
सेवा निवृत शिक्षकलाई सम्मानसहित बिदाइ
ताप्लेजुङमा सेवा निवृत शिक्षकलाई सम्मानसहित बिदाइ गरिएको छ । शिक्षण पेसामा आबद्ध भएर सेवा निवृत हुनुभएका शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइले सम्मानसहित बिदाइ गरेको हो ।
खाँदबारी-किमाथाङ्का सडक
उत्तर दक्षिण कोशी राजमार्ग सङ्खुवासभाको खाँदबारी नगरपालिका- ४ स्थित १ हजार ८ सय ९० मिटर उचाइको छ्याङकुटी डाडाँबाट देखिएको खाँदबारी-किमाथाङ्का सडक खण्ड । खाँदबारी-किमाथाङ्का सडक खण्ड नेपाल-चीन–भारतलाई जोड्ने त्रिदेशीय मुख्य व्यापारिक मार्ग हो ।
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु
हिमाली जिल्ला सोलुखुम्बुमा ई–पेन्सन सेवा औपचारिक रूपमा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुमार्फत सेवा सञ्चालनमा आएको हो ।
च्याउ खाँदा ११ जना बिरामी
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।
वैदिक शिक्षासहित संस्कारयुक्त अंग्रेजी माध्यमको गुरुकुल स्थापना
प्राचीन हरिद्वारको रूपमा स्थापित पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा आध्यात्मिक केन्द्र चतराधाममा वैदिक शिक्षा र आधुनिक शिक्षाको समन्वय गर्ने उद्देश्यसहित “जगतगुरु श्रीरामानन्दाचार्य गुरुकुल” स्थापना गरिएको छ ।
भन्सार छलीका कपडा र कस्मेटिक सामान बरामद
सीमापारिबाट भन्सार छली गरेर ल्याइएको कपडा तथा कस्मेटिक सामान सुनसरीको दुहबीबाट प्रहरीले बरामद गरेको छ ।
सहायक नाकामा चहलपहल, छोटी भन्सार सुनसान
सरकारले भारतबाट ल्याइने एक सय रुपियाँभन्दा माथि मूल्यका सामग्रीमा भन्सार शुल्क लिने व्यवस्था कडाइका साथ लागु गरे पनि मोरङका अधिकांश छोटी भन्सार कार्यालय सुनसान बनेका छन् ।
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ ।
शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शनिबार सम्पन्न भएको तीन दिने शिविरमा मोतिविन्दु भएकासमेत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
झाक्रीढुंगा कुँदेर बनाइएको विशाल शिवमूर्ति पर्यटकको आकर्षण
जिल्लाको सिद्धिचरण नगरपालिका–११ कमेरेडाँडा नजिक रहेको चर्चित झाक्रीढुंगालाई कुँदेर निर्माण गरिएको विशाल शिवमूर्ति यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ ।
६२ वर्षीय पुरुष मृत फेला
स्थानीय एक होटलबाट घर जान्छु भन्दै हिँडेका उदयपुर त्रियुगा नगरपालिका-९, राजाबासका ६२ वर्षीय चुडाबहादुर खड्कालाई मृत अवस्थामा भेटिएको छ।
कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा केपिएल कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण गरेको छ ।
ताप्लेजुङमा बेमौसमी हिमपात
ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।
टिप्पर र बस ठोक्किँदा १० जना घाइते
गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिप्पर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
पुल नहुँदा वर्षायाममा विद्यार्थी सधैँ अलपत्र
बर्खा सुरु भएसँगै खोटाङको ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरी देम्लिटारका बालबालिकाले सास्ती भोग्नुपर्ने अवस्था दोहोरिने गरेको छ ।
उत्कृष्ट १० विद्यार्थीलाई वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आफूले अध्ययन गरेका विद्यालयमा आफ्ना आमाबुवाको नाममा स्थापित ‘वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष’ अन्तर्गत तीन विद्यालयका उत्कृष्ट १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ।
अटिजम र सिकाइ कठिनाइ भएकाका लागि ‘वेदा एकेडेमी’
वेदा एकेडेमी अहिले विशेष आवश्यकता भएका बालबालिकाका लागि आशाको केन्द्र बन्दै गएको छ । इटहरी–९ मा स्थापित एकेडेमी कोशी प्रदेशमा समावेशी शिक्षाको क्षेत्रमा एउटा महìवपूर्ण उपलब्धि बनेको हो ।
नेपाल मानव संसाधन सम्मेलन सुरु
उद्योगीहरूले वर्तमान श्रम बजारको आवश्यकतालाई सम्बोधन गर्न सरकार र शैक्षिक क्षेत्रले उद्योगको माग अनुसारको पाठ्यक्रम तयार पार्नुपर्ने सुझाव दिएका छन् ।
कोशीमा एक करोड ८३ लाख क्युबिक फिट काठ उत्पादन, ११ करोड राजस्व संकलन
कोशी प्रदेशमा वन व्यवस्थापन र काठ उत्पादनबाट यस वर्ष उल्लेख्य आम्दानी भएको छ । प्रदेशका विभिन्न वन क्षेत्रबाट संकलित काठ, गैरकाष्ठ वन पैदावार तथा वन क्षेत्रको जग्गा विकास निर्माणका लागि प्रयोग गर्न दिएबापत प्रदेश सरकारले करोडौं रुपैयाँ राजस्व संकलन गरेको हो ।
नास्टद्वारा बसभित्रै सूचना प्रविधि कक्षा सञ्चालन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ताप्लेजुङमा बसभित्रै सूचना प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरेको छ । नास्टले जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक लगायतलाई सहभागी गराएर बसभित्रै सूचना र सञ्चार प्रविधि (आइसिटी)सम्बन्धी कक्षा सञ्चालन गरेको हो ।
वडामै सेवा पुुग्दा गाउँलेहरू खुसी
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिकाले वडामै घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीय सेवाग्राही खुसी भएका छन् । भौगोलिक रुपमा दुुर्गम क्षेत्र रहेको गाउँपालिकामा गाउँपालिका केन्द्रसम्म सेवा लिन आउन समस्या भएपछि पालिकाले वडा–वडामै घुम्ती शिविर सम्पन्न गरेको हो ।
धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ लिग प्रतियोगीता
धरान उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको प्रिमियर लिग प्रतियोगीता सुरु भएको छ ।
प्रदूषणको चपेटामा सुनसरी–मोरङ औद्योगिक कोरिडोर
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ५५० भन्दा बढी उद्योगमध्ये अधिकांशले वातावरणीय मापदण्ड उल्लङ्घन गर्दा कोरिडोर क्षेत्रमा वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ ।